राजनीति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न भएको छ ।
परिषद्का अध्यक्ष भक्तबहादुर शाहको अध्यक्षता तथा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा उपाध्यक्ष दुर्गा सोब, महासचिव सोनाम सिंह स्याङ्तान पनि सहभागी थिए ।
बैठकले चित्रकुमार श्रेष्ठलाई सल्लाहकार परिषद्को सचिव चयन गरेको छ । साथै ओम प्रकाश विकको संयोजकत्वमा सातै प्रदेशमा गई प्रत्यक्ष सुझाव संकलन गरी पार्टी केन्द्रीय समितिलाई बुझाउने गरी ६ सदस्यीय सुझाव संकलन समिति पनि गठन गरेको नेसपाका अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ २१:०८
प्रतिक्रिया दिनुहोस्