site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मतदानस्थल अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाउन अपिल
SkywellSkywell

झापा । झापाका १३ नागरिक सङ्घ संस्थाले मतदानस्थललाई अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गरेका छन् । 

संवाद समूहको संयोजनमा आज वरिष्ठ अधिवक्ता एवं नेपाल कानुन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहितको उपस्थितिमा ती संस्थाले ११ बुँदे अपिल जारी गर्दै मतदानस्थलमा गर्भवती, सुत्केरी, अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई प्राथमिकताको आधारमा सहज र सुविधायुक्त ढङ्गले मतदान गर्न पाउने र सहज आवतजावत तथा आवश्यकता बमोजिम छुट्टै आराम कक्षको व्यवस्था गर्न माग गरेका हुन् ।

Dabur Nepal
NIC Asia

अपिलमा अशक्त, अपाङ्गता भएका व्यक्ति वा सहयोगी आवश्यक हुने मतदाताका हकमा इच्छाएको व्यक्ति तथा निर्वाचन कर्मचारीबाहेक अन्य व्यक्तिबाट मतदान नगर्न नगराउन नागरिक समाजका संस्थाले आग्रह गरेका हुन् । राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिताको उल्लङ्घन भइरहेकोमा चिन्ता व्यक्त गर्दै आचारसंहिताको पालना गर्न सरोकारवाला सबैलाई अपिलमा आग्रह गरिएको छ ।

आम मतदातालाई वैशाख ३० गते समयमै आफ्नो मतदान केन्द्रमा पुगेर स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न नागरिक समाजले अपिलसमेत गरेको छ । अपिलमा हरेक मतदान केन्द्रमा आवश्यकता बमोजिम खानेपानी, शौचालय, आकस्मिक औषधि तथा उपचार, सेनेटरी प्याडलगायतका अत्यावश्यक वस्तु तयारी एवं आधारभूत संरचनाको निर्माणसहितका सम्पूर्ण तयारी समयमै पूरा गर्न निर्वाचन कार्यालयलाई आग्रह गरिएको छ ।

जिल्लास्थित नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), मानवअधिकार सञ्जाल, नेपाल बार एशोसिएशन, गैर सरकारी संस्था महासङ्घ, महिला मानव अधिकार रक्षक सञ्जाल, राष्ट्रिय उपभोक्ता मञ्च, चेम्बर अफ कमर्श, नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सन, नेत्रहीन सङ्घ, र इन्सेकका प्रतिनिधिले अपिलमा हस्ताक्षर गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu