site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेविसंघ स्थापना दिवस : संस्थापक सभापतिसहित कार्यसमितिलाई सम्मान 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । आज नेपाल विद्यार्थी संघको स्थापना दिवस । नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा वि.सं. २०२७ साल वैशाख ६ मा स्थापना भएको नेविसंघ प्रतिबन्धितकालमा कांग्रेसको राजनीति धान्ने संगठन थियो ।

विश्वविद्यालयको सुधार, विद्यार्थी हकहितदेखि जनजीविकाका सवाल उठाएर राजनीतिप्रति आशा जगाउने संगठन बनेको थियो । स्वतन्त्र विद्यार्थी युनियन चुनावको नारामा पञ्चायतलाई नै झुकाउने संस्था बनेको थियो । देशमा ३० वर्षे निर्दलीय पञ्चायतको शासन चलिरहेका बेला विश्वविद्यालय र क्याम्पसमा भने दलनिकट संगठनहरूबीच प्रतिस्पर्धा भएको थियो ।

Dabur Nepal
NIC Asia

प्रजातन्त्र पुनःस्थपनापछि भने नेविसंघ कांग्रेस नेताहरूको ‘खल्तीको शक्ति’ बनेपछि आफ्नो साख गुमाएको छ । कांग्रेस नेतृत्वको इच्छाअनुसार विघटन गर्ने र टीका लगाउने संस्थाका रूपमा विकास गर्दा नेविसंघ औचित्यहीन संस्था बन्न पुगेको छ ।

विद्यार्थीका मुद्दा नउठाउने, विश्वविद्यालयको कक्षाकोठा, क्यालेन्डर र करिकुलमका विषयमा आवाज नउठाउने नेविसंघ अहिले कांग्रेसको एउटा राजनीतिक स्वार्थ पूरा गर्ने संस्थामा सीमित भएको छ । अहिले पनि नेविसंघ एक अध्यक्षमा सीमित छ ।

नेविसंघले आज स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा संस्थापक कार्यसमितिलाई सम्मान गरिए छ । नेविसंघ संस्थापक सभापति विपीन कोइराला, महामन्त्री सनत रेग्मी, महामन्त्री टीका पोखरेलसहित केन्द्रीय सदस्यहरू सुरेन्द्रबहादु्र विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, रामचन्द्र पौडेल, वसन्त गुरुङ, मीनकुमार दाहाल, राजेन्द्रबहादुर शाह, ऋषिराज पाण्डेलाई सम्मान गरिएको छ ।

नेविसंघ गठनका लागि गठित आयोजक समितिमा संयोजकको भूमिका खेलेका चिरञ्जीवी वाग्लेलाई पनि सम्मान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu