site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल–रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा हाल क्यानाडामा छिन् ।

भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका निम्ति मन्त्री डा. राणाले उनीमार्फत रोमानियाली सरकार र त्यहाँका लगानीकर्तालाई आग्रह गरेकी थिइन् ।

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएकी थिइन् ।

यस्तै, दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि भेटका क्रममा कुराकानी भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro