फोटो फिचर
काठमाडौं । आज वैशाख पूर्णिमा, वैशाख स्नानसँगै बालाजुस्थित बाइस धारामा मेला लागेको छ। बिहानैदेखि हजारौंको संख्यामा भक्तजनहरु बालाजु २२धारा मेला भर्ना आएका छन् । भक्तजनहरूले २२ वटै धारामा पूजा गरी धाराबाट आएको पानीले हात–मुख धुने र नुहाउने गर्छन् । आजको दिन २२ धाराको पानीमा नुहाउँदा छालाको रोग नलाग्ने विश्वास छ । कोरोनाको त्रासका कारण दुई वर्षदेखि यहाँ मेला भर्न रोक लगाएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९ ०९:१७
प्रतिक्रिया दिनुहोस्