site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सिनेमा हलबाट ‘ह्युज कलेक्सन’ गर्न भारतीय चलचित्र नै चाहिने हो ?
SkywellSkywell

काठमाडौं । नेपाली सिनेमा हलबाट ठूलो परिमाणमा ‘ग्रस कलेक्सन’ गर्न हिन्दी भाषाकै चलचित्र आउनुपर्ने देखिएको छ । बलिउड र दक्षिण भारतीय चलचित्र उद्योगका स्टारका फिल्म हेर्न नेपाली सिनेमा हलमा दर्शकको उल्लेख्य उपस्थिति हुँदा ठूलो मात्रामा ग्रस कलेक्सन हुने गरेको छ । कोभिड–१९ को समयमा थलिएका सिनेमा हललाई चलायमान बनाउन त हिन्दी सिनेमा नै आउनुपर्‍यो ।

हलमा दर्शक आउँछन् कि आउँदैनन् भनेर नेपाली निर्माता डराएर सिनेमा प्रदर्शन नगरिरहेका बेला ‘सूर्यवंशी’ नेपाली हलमा रिलिज भएको थियो । यो चलचित्रले राम्रो सिनेमा भए दर्शक हलमा आउँछन् भन्ने प्रमाणित गरेपछि नेपाली निर्माताले चलचित्र रिलिज गर्न सुरु गरेका थिए ।

गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले ‘ह्युज कलेक्सन’का लागि हिन्दी चलचित्र नै कुर्नुपर्ने अवस्था रहेको बताउँछन् । आफूहरूले हिन्दीभन्दा नेपाली चलचित्रलाई नै प्राथमिकतामा राख्ने गरे पनि व्यापारका हिसाबले हिन्दी चलचित्र नै अगाडि रहेको उनी बताउँछन् ।

KFC Island Ad
NIC Asia

“धेरैलाई थाहा छ, गोपीकृष्ण मुभिजले अन्य भाषाका भन्दा नेपाली चलचित्रलाई माया गर्दै आएको छ,” निरक दाबी गर्छन्, “तर पनि व्यापारका हिसाबले भने हिन्दी चलचित्र नै अगाडि रहेको देखिन्छ ।”

चलचित्रको बुकिङका आधारमा शो उपलब्ध गराउने गरेको भन्दै उनी जसको बुकिङ धेरै आउँछ, त्यसकै आधारमा शो उपलब्ध गराउने गरेको जिकिर गर्छन् । उनी भन्छन्, “हामीले यही चलचित्र लगाउँछौँ भनेर हुँदैन । जसमा दर्शकको आकर्षण धेरै छ र हलमा दर्शक आउनुहुन्छ, त्यही चलचित्र हामीले लगाउने हो ।”

Royal Enfield Island Ad

अहिलेको समयमा कुन चलचित्र कस्तो छ भनेर प्रायः धेरैलाई थाहा हुने र सोहीअनुसार बुकिङ हुने गरेको उनको भनाइ छ । “ओपनिङको कुरामा आज सबैको हातमा ग्याजेट छ, यति धेरै ओटीटी प्लेटफर्म छन्, कुन फिल्म कस्तो भनेर सबैलाई थाहा हुन्छ,” निरक भन्छन्, “त्यसैले ओपनिङ शोमा जसको धेरै बुकिङ आउँछ र अडियन्सले जे हेर्न खोज्छ, त्यहीअनुुसारको हामीले सेवा दिनुपर्छ ।”

कसले कति व्यापार गर्‍यो त्यो लुकाएर नलुक्ने उनी बताउँछन् । बक्सअफिस भएकाले त्यहीँबाट कुन चलचित्रको अवस्था र व्यापार कस्तो छ भनेर देखिने उनको भनाइ छ । विभिन्न पक्षले बक्सअफिस कलेक्सन निर्धारण हुने उनी बताउँछन् ।

“वैशाख १ गते केजीएफ नआउने भएको भए ए मेरो हजुर–४ ले ठूलो ओपनिङ पाउने थियो,” उनी भन्छन्, “तर, केजीएफ आएकाले शो बाँडिने भयो ।”

दुई वर्षदेखि बन्द रहेका सिनेमा हललाई हिन्दी सिनेमाले चलायमान गराएको निरक बताउँछन् । लामो समय हलमा नगएका दर्शकलाई हलसम्म जाने माहोल हिन्दी सिनेमाले विकास गरिदिएको उनको भनाइ छ । “सकारात्मक पक्ष पनि छन् । दुई वर्षदेखि हल बन्द हुँदा सिनेमा चलचित्र घरमा गएर नै हेर्नुपर्छ भन्ने बानी नै हराउन लागेको थियो,” उनी भन्छन्, “हिन्दी चलचित्रले हलमा गएर सिनेमा हेर्ने माहोल सिर्जना गरिदिएको छ । अब राम्रो नेपाली चलचित्र चल्यो भने हलमा चलचित्र हेर्ने माहोल बनेकाले दर्शक सिनेमा घरसम्म जानुहुन्छ ।”

चलचित्र वितरक तथा सिनेमा हल सञ्चालक गोपालकाजी कायस्थ हिन्दी चलचित्रसँग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्नै नसक्ने बताउँछन् । चार सय करोडमा बनेका हिन्दी चलचित्रसँग करोड वा दुई करोडमा बनेका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ । “मिठो खान बानी परेको व्यक्तिले नमिठो खाँदैन,” गोपालकाजी भन्छन्, “विश्वभर आफ्नो पकड बनाइसकेका सयौँ करोडमा बनेका हिन्दी चलचित्रसँग सानो बजेटमा बनेका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न कठिन छ ।”

जंगबहादुर राणा, पृथ्वीनारायण शाह, बलभद्र कुँवर, कोत पर्व, नालापानी, सीता र राजा हरिशचन्द, सगरमाथाजस्ता विषयमा राज्यले नै चलचित्र बनाउनुपर्नेमा उनको जोड छ । “यी विषयमा राज्यले लगानी गरेर चलचित्र बनाउन लगाउने हो भने विश्वले हेर्ने चलचित्र हामी पनि बनाउन सक्छौँ,” गोपालकाजी भन्छन्, “यस्ता चलचित्र बनाउन सके नेपाली चलचित्रले पनि डलर भित्र्याउन सक्छ ।”

ठूलो पर्दामा र मोबाइलमा चलचित्र हेर्दा जति भिन्नता हुन्छ, त्यति नै फरक नेपाली र हिन्दी चलचित्रमा रहेको उनी सुनाउँछन् । गुणस्तरीय चलचित्र बनाउन चलचित्र विकास बोर्डको हात रहने उनको भनाइ छ । यद्यपि, विकास बोर्डले चलचित्रको विकासमा उल्लेख्य काम नगरेको उनको भनाइ छ । चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने उनको तर्क छ ।

राज्यले राम्रो निर्देशक र राम्रो टिम सेटअप गरेर चलचित्र बनाए विश्वभर देखाउन सकिने भन्दै उनी भन्छन्, “विदेशी सबै चलचित्र नेपाल आउन दिनु हुँदैन । केही सेलेक्टेड चलचित्र मात्रै नेपाल ल्याउनुपर्छ । साउथको पुष्पा आउँदा चपली हाइट–३ डुब्यो ।”

बलिउड र भारतीय क्षेत्रीय उद्योगका सबै चलचित्र नेपाल आए नेपाली चलचित्र उद्योग नै ध्वस्त हुने उनी बताउँछन् । ‘केजीएफ च्याप्टर–२’ ले नेपाल आउनुअगाडि नै सबै हल अग्रिम बुकिङ भइसकेको भन्दै अनमोल केसीको चलचित्र छायामा परेको उनी बताउँन् ।

नेपाली चलचित्रलाई माया गरौं भनेर भन्दा पनि हेर्न बाध्य बनाउने सिनेमा निर्माण हुनुपर्ने उनको धारणा छ । अन्यथा, भावनात्मक कुरा गरेर अब चलचित्र नचल्ने उनी बताउँछन् । बलिउडका ठूला चलचित्रले नेपालमा ठूलो कलेक्सन गरेको तथ्य कसैबाट नलुकेको उनी बताउँछन् ।

बलिउड र साउथका चलचित्रले नेपालमा राम्रो बजार स्थापित गरिसकेको अभिनेता तथा निर्देशक अशोक शर्मा बताउँछन् । बलिउड र साउथका लागि नेपालको बजार सानो भए पनि त्यसले नेपालमा ठूलो असर गरिरहेको उनको भनाइ छ । नेपालबाट बलिउड र साउथका प्रतीक्षित चलचित्रहरूले १५/१६ करोड रुपैयाँ कलेक्सन गर्ने गरेको वितरकसमेत रहेका अशोक बताउँछन् ।

“उनीहरूका लागि नेपाली बजारको पैसा चिया, कफीको बजेट मात्रै हो । तर, १५/१६ करोड रुपैयाँ कलेक्सन हुनु भनेको नेपालका लागि ठूलो पैसा हो,” अशोक भन्छन्, “नेपालका ठूला ब्यानरका चलेका चलचित्रले पनि कलेक्सन गर्ने त्यति नै हो । नेपालमा सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्रको कलेक्सन पनि यस्तै हुने हो ।” उनका अनुसार ‘छक्का पञ्जा’को पहिलो सिरिज हालसम्म नेपालमा सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र हो । यसले ओभरसिजबाहेक २१ करोड रुपैयाँ कलेक्सन गरेको थियो ।

‘बाहुबली’, ‘केजीएफ’, ‘आरआरआर’लगायत बलिउड र साउथका प्रतीक्षित चलचित्रले पनि नेपालबाट १४/१५ करोड ग्रस कलेक्सन गर्न थालेको उनी बताउँछन् । भारतका क्षेत्रीय चलचित्र उद्योगले पनि आफूलाई अब्बल बनाउँदै जाँदा नेपालमा ह्युज कलेक्सन गर्ने बलिउड र अरू क्षेत्रीय चलचित्र उद्योगका सिनेमाको संख्या बढ्दै गएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro