site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सरकारले नियुक्त गरेका चार पदाधिकारी हटाउन मन्त्रालयको २४ घण्टे स्पष्टीकरण !
SkywellSkywell

पोखरा । चैत १८ गते बसेको गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेशको पहिलो संक्रामक तथा सरुवा रोग अस्पतालका चार पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अस्पताल पदाधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

स्रोतकाअनुसार एमाले सरकारले नियुक्त गरेका यी पदाधिकारी हटाउनकै लागि काम सन्तोषजनक नभएको बहानामा स्पष्टीकरण सोधिएको हो ।

हटाइएका पदाधिकारीले प्रत्यक्ष रूपमा स्वीकार नगरे पनि घुमाउरो रूपमा स्पष्टीकरण सोध्नुको कारण राजनीतिक पूर्वाग्रह रहेको स्वीकार गरेका छन् ।

KFC Island Ad
NIC Asia

संयुक्त रूपमा उनीहरूले बिहिबार पत्रकार सम्मेलनको तयारी समेत गरेका छन् ।

कोरोना महामारीको पहिलो चरणको उत्कर्षमा स्थापना भएको यो अस्पताल गत फागुन ४ गते प्रदेश स्थापना दिवसको अवसरमा उत्कृष्ट भन्दै गण्डकी सरकार आफैँले पुरस्कृत गर्ने निर्णय समेत गरेको थियो ।

Royal Enfield Island Ad

मन्त्रिपरिषद् बैठकले २४ घण्टाको समय दिएर प्रदेश सरुवा तथा संक्रामक रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

२०७८ वैशाख १६ गतेमात्रै तीन वर्षीय कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका पौडेल त्रिभुवन विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेका व्यक्ति हुन । उनलाई १८ गते लेखिएको पत्र मंगलबार थमाइएको छ । 

उनीसँगै तत्कालीन सरकारले स्वास्थ्य विज्ञ डा. धुव्रबहादुर अधिकारी, स्थानीयको तर्फबाट मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरालाई व्यवस्थापन समिति सदस्यमा मनोनित गरेको थियो ।

यी तीनजनालाई चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मात्रै २४ घण्टे स्पष्टीकरणको पत्र थमाएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७७ को दफा ३ मा समितिको व्यवस्था गरिएको छ ।

सोही दफाको उपदफा ६ लाई टेकेर मन्त्रिपरिषद्ले अध्यक्ष पौडेल र बाँकी तीन सदस्यलाई स्वास्थ्य मन्त्रालयले, ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै २४ घण्टे स्पष्टीकरण पत्र पठाएको हो ।

यो उपदफामा, “... अध्यक्ष वा मनोनित सदस्यले आफ्नो पद अनुरूपको आचरण वा काम नगरेमा अध्यक्षलाई प्रदेश सरकारले र सदस्यलाई मन्त्रालयले जुनसुकै बखत हटाउन सक्ने” भन्ने उल्लेख गरिएको छ ।

उपदफा ७ मा चाहिँ ६ बमोजिम पदबाट हटाउनु अघि सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्नेछ भन्ने उल्लेख छ ।

सोही व्यवस्थाअनुसार आफूहरूले स्पष्टीकरण बुझाउने र पत्रकार सम्मेलन पनि गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

बाह्रखरीसँगको फोन सम्पर्कमा उनले भने, “पत्र दिइएको छ । २४ घण्टाभित्र सफाइ दिन भनिएको छ । नभए तपाईंलाई किन नहटाउने भनेको छ ।”

अप्रत्यक्ष रूपमा उनले यसमा राजनीतिक पूर्वाग्रह रहेको बताए । सरकारले पदाधिकारीलाई काम नगरेको भन्ने अनि अस्पताल चाहिँ आफैँले उत्कृष्ट घोषणा गरेको हुँदा कामै नगरी कसरी उत्कृष्ट भयो त भन्ने प्रश्न उनको छ ।

“कारण चाहिँ काम नगरेको भन्ने होला उहाँहरूले त । अब खै केके जोड्नुभएको छ उहाँहरूले । हाम्रो प्रदेश अस्पताल उत्कृष्ट भन्नुभएको छ, अहिले फेरि पनि काम नगरेको भन्नुभएको छ । सफाइ भएपनि नभएपनि उहाँहरूले त हटाउने नै होला,” उनले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षदेखि पदाधिकारी कसैले पनि मासिक पारिश्रमिक पाउँदैनन् । उनीहरूले भोलुन्टियरको रूपमा काम गर्ने हो ।

तर, भोलुन्टियर नियुक्त गर्दा पनि अहिलेको सरकारले आफ्ना पार्टीका मान्छे खोजेका कारण आफूहरूलाई हटाउन खोजिएको उनले बताए ।

“धारणा स्पष्ट नै छ, हामी कुनै पार्टीका मान्छे परेनौँ । अब उहाँहरूले पार्टीको केही खोज्नुभएको होला । हामी त काम गर्ने मान्छे हो, हाम्रो होल टिम नै काम गर्नुपर्छ भन्ने छ । भोलुन्टियर काम गर्ने हो । भोलुन्टियर भए पनि उहाँहरूलाई आफ्नो मान्छे चाहिएको होला,” उनले भने ।

अघिल्लो सरकारले नियुक्त गरे पनि आफूहरू भोलुन्टियर भएको हुँदा पार्टीको काम नभई जनताको काम गरेको पौडेलले बताए ।

“मेरो हिसाबमा त म विश्वविद्यालयमा चारदशक काम गरेको हुँ, अब मलाई भोलुन्टियर गर्न दिनुहुँदैन भने राम्रो कुरा हो । जुन सरकारले नियुक्त गरे पनि काम त जनताको गर्ने हो, उहाँहरूलाई पार्टीको मान्छे चाहिएको भए त यति समय होल टाइमर भएको, समय दिएको भन्ने हुन्थ्यो होला । मलाई चाहिँ मन्त्रिपरिषद्को निर्णयबाट स्वास्थ्य मन्त्रालयले सोधेको छ । बाँकी साथीहरूलाई पनि मन्त्रालयले सिधै सोधेको छ  । सफाइ त पाइँदैन, तैपनि माग्नु त पर्‍यो नि ।” उनले भने ।

यता, विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले चाहिँ काम सन्तोषजनक नभएकै कारण मन्त्रिपरिषद्को निर्णयको आधारमा स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिइन ।

“काम कारबाही के हुँदैछ, अस्पतालको विवरणको बारेमा सोध्ने निर्णय गरेका हौँ, काम सन्तोषजनक नभएर हो, अरू कारणले होइन,” उनले भनिन् ।

यता, तत्कालीन स्वास्थ्य मन्त्री नरदेवी पुनमगरले चाहिँ भागबन्डाकै कारण हटाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन\ । गठबन्धन सरकार पूर्वाग्रही तरिकाले लागेको उनको आरोप छ ।

“काम विचारका आधारमा गर्ने होइन । तलब हुँदैन । एउटा सेवा नै हो । अघिल्लो सरकारले गरेका काम भत्काउने, बिगार्ने होइन । भावबन्डा कै कारण होला । अहिले काम गर्ने भन्दा पनि घोर आपत्ति लागियो,” उनले भनिन, “हामीले स्वास्थ्य मन्त्रालयले केके गरेको छ ? पूर्वाग्रही तरिकाले लागेको छ । व्यवस्थापन समिति भनेको सहजीकरण गर्ने टिम हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro