site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
सगरमाथा आरोहण गर्दै राजु लामा, ६,५०० मिटर उचाइमा कन्सर्ट 
SkywellSkywell

काठमाडौं । गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो । ठूलो परिमाणमा धनजनको क्षति भयो । अरवौंको भौतिक संरचना नष्ट हुँदा सुन्दर मेलम्ची बजार बगरमा परिणत भयो । क्षणभरमै करोडौंका मालिक स्थानीय घरबारबिहीन भए । दुई दशकभन्दा लामो प्रतिक्षापछि काठमाडौं आएको मेलम्ची खाने पानी आयोजनाको संरचना पुरिँदा उपत्यकाबासी पुनः मेलम्चीको खानेपानीको सुविधाबाट बञ्चित भए ।

ठूलो पानी पर्‍यो । मेलम्चीको शीरमा रहेको चौर भत्किँदा बाढी आयो । जसका कारण चौरको एक भाग बग्यो । उक्त बाढीलाई लिएर आम मान्छेको बुझाइ यही हो । तर, यसका पछाडि के कारण छ ? धेरैले चासो र चिन्ता नगरेको ग्लोबल वार्मिङ अर्थात जलवायु परिवर्तन यसको कारण हो । त्यसैले यसमा जसले जति सकिन्छ त्यति योगदान गर्नुपर्ने गायक राजु लामाको धारणा छ । यसकै लागि उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दैछन् ।
   
चैत २७ गते सगरमाथाको आरोहणका लागि उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । “जलवायु परिवर्तनको असर दिनदिनै धेरै पर्दै छ । यसको असर हामीले आगामी दिनमा थप भोग्नु पर्नेछ,” राजु भन्छन्, “गत वर्ष मेलम्चीमा बाढी आउँदा त्यति धेरै क्षति भयो । हामीले सकेको सहयोग गर्‍यौं । अर्को वर्ष अरु ठाउँमा जाला, फेरि सहयोग गरौंला । तर, अब हामीले यसको जरो कारण के हो त्यसमा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनको असरका कारण यसप्रकारका घटना र प्रकोप दोहोरिरहेका छन् । त्यसैले जलवायु परिर्वतन रोक्ने प्रयास सुरु हुनुपर्छ ।” 

Dabur Nepal
NIC Asia

जलवायु परिवर्तन कम गर्न सबैमा चेतना फैलियोस् भन्ने उद्धेश्य राखेर आफू सगरमाथाको अरोहण गर्न लागेको उनले जानकारी दिए । जलवायु परिवतर्न रोक्न नसके यसले पुर्याउने क्षति सामना गर्न नसकिनेतर्फ सबै समयमै सचेत हुनुपर्नेमा उनको जोड छ ।

नेपालसँगै विश्वभर यो सन्देश पुग्न सकोस भनेरै राजु सगरमाथाको ६ हजार ५०० मिटर उचाइमा सांगीतिक कन्सर्ट गर्दैछन् । यो अहिलेसम्मकै सबैभन्दा उचाईमा भएको सांगीतिक कन्सर्ट हुनेछ । 

“मेरो अरु कुनै उद्धेश्य छैन । जलवायु परिवर्तन रोक्न सकियोस् र यसमा सानो सहयोग मेरोतर्फबाट पनि होस् भन्ने मेरो चाहना हो,” राजु भन्छन्, “कार्वन उत्सर्जनले विश्वका कति मानिस प्रभावित हुँदैछन्, त्यसतर्फ विश्वको ध्यान खिचियोस् भन्ने सगरमाथा आरोहण र कन्सर्टको उद्धेश्य हो ।” जलवायु परिवर्तनको असरको विषय ठूलो र गम्भीर भए पनि नेपालमा यसमा खासै धेरै काम नभएको उनी बताउँछन् । 

उनको यो अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको साथ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले उनलाई शुभकामना दिइसकेका छन् । राजुसँगै नायिका दीया पुनले पनि सगरमाथाको आरोहण गर्ने भएकी छन् । यद्यपि, उनीहरूसँगै आरोहण गर्न लागेका भने होइनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro