काठमाडौं । शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ‘फोर ए’ टेलिभिजन जित्न सक्नेछन् ।
उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको जनाएको छ ।
अफरअन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एकजना भाग्यशाली विजेताले लक्की ‘ड्र’ मार्फत बम्पर उपहारका रूपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरूले साप्ताहिक लक्की ‘ड्र’ मार्फत ४० इन्चको मि ‘फोर ए’ टेलिभिजन जित्न सक्ने जनाइएको छ ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको चार हजारभन्दा बढी एपहरू सपोर्ट गर्ने जनाइएको छ । साथै, टेलिभिजनको अर्र्को विशेषतामा स्मार्ट ब्लुटुथ रिमोट रहेको र त्यसले च्यानल चेन्ज गर्न टीभीमै रिमोट पोइन्ट गरी राख्नु नपर्ने जनाइएको छ । जसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न समेत मिल्ने जनाइएको छ ।
बजारमा ३२ देखि ६५ इन्चको जुन टीभी किने पनि उही फिचरहरू रहेको जनाइएको छ । टेलिभिजनको बजार मूल्य २९ हजार ९०० देखि एक लाख नौ हजार ९९९ रुपैयाँसम्म रहेको छ । अफर यही चैत १८ देखि आउँदो वैशाख ३१ गतेसम्म लागु हुने जनाइएको छ ।