site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीमदत्तनगर नगरपालिका : मेयरमा विष्ट र बोगटीको प्रतिस्पर्धा !
SkywellSkywell

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनको चहलपहल सुरु भएको छ । कतिपय स्थानमा उमेदवारी घोषणा समेत भइसकेको छ । पार्टीहरू आन्तरिक छलफलमा व्यस्त छन् । आउँदो वैशाख ३० गते स्थानीय निर्वाचन हुँदै छ ।

सुदूरपश्चिम प्रदेशमा पनि निर्वाचनको माहोल तात्दै छ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकापछि भीमदत्तनगर नगरपालिकाको जनप्रतिनिधिका बारेमा बढी चासो छ ।

कञ्चनपुरको सबैभन्दा पुरानो नगरपालिका भीमदत्तमा यसअघि नेकपा (एमाले)ले मेयरमा बाजी मारेको थियो । उपमेयरमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका थिए ।

KFC Island Ad
NIC Asia

योपटक पनि भीमदत्तमा निर्णायक प्रतिस्पर्धा एमाले र कांग्रेसकै हुने देखिएको छ । भीमदत्तनगर कांग्रेसका नेता रमेश लेखक, एमाले नेताहरू नीरुदेवी पाल, दीपकप्रकाश भट्टलगायत व्यक्तिको क्षेत्र हो ।

०६४ सालको संविधानसभा निर्वाचनमा भीमदत्तनगर नगरपालिकासहितको निर्वाचन क्षेत्रबाट शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

Royal Enfield Island Ad

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उमेदवार पदम बोगटीलाई १६६ मतान्तरले हराउँदै एमालेका सुरेन्द्र विष्ट विजयी भए । अहिले विष्ट एमाले जिल्ला अध्यक्ष छन् भने बोगटी कांग्रेस जिल्ला सभापति छन् ।

मेयरमा विष्टले ११ हजार ८३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बोगटीले ११ हजार ६६५ मत पाएका थिए ।

उपमेयरमा कांग्रेसकी सुशीला चन्द सिंह १२ हजार ७७५ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार माया पन्तले ११ हजार ८३६ मत प्राप्त गरेकी थिइन् ।

पहिलो, दोस्रो स्थानमा एमाले र कांग्रेस देखिएको थियो भने माओवादी र राप्रप्रा तेस्रो र चौथो स्थानमा थिए ।

अहिले एमाले विभाजित छ । माधव नेपाल समूहका नेताहरू छुट्टै पार्टीमा छन् । तर पनि निर्णायक भिडन्त भने एमाले र कांग्रेसकै हुने देखिन्छ ।

तर, सत्तारूढ दलबीच गठबन्धन भएको अवस्थामा भने एमालेलाई आफ्नो साख कायम राख्न सहज हुने छैन ।

यद्यपि, विभाजनको असर न्यून भएकाले एमालेलाई खासै असर नपर्ने दाबी छ, एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज नीरुदेवी पालको । उनका अनुसार भीमदत्तको मेयरका लागि पार्टीभित्र एक दर्जन बढी आकांक्षी छन् । पालले बाह्रखरीसँग भनिन्, “जसले चुनाव जित्न सक्छ उसैलाई उमेदवार बनाउने हो । हामी छलफलमै छौँ । उपयुक्त समयमा निर्णय गर्छौँ ।”

एमालेभित्र विष्टलाई मेयरमा दोहोर्‍याउने चर्चा छ । कांग्रेसले पनि मेयरमा पुरानै उमेदवार बोगटीलाई अगाडि सार्ने सम्भावना बढी छ ।

कांग्रेसमा पनि आधा दर्जन बढी आकांक्षी छन् । बोगटीले अहिले को उमेदवार बन्ने भनेर तय भइनसकेको बताए । तर, पार्टीले निर्णय गरेर उमेदवार बनाए आफू मैदानमा जान तयार रहेको उनको भनाइ छ ।

०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का मेयर पदका उमेदवार गोपाल रसाइलीले चार हजार ५७९ मत पाएका थिए । राप्रपाका मेयर पदका उमेदवार गजेन्द्रबहादुर चन्दले चार हजार ३२८ मत ल्याएका थिए ।

१९ वडा रहेको भीमदत्तनगरमा १० वडाध्यक्ष एमालेले जितेको थियो । कांग्रेसले सात र माओवादी केन्द्र दुईमा विजयी भएको थियो ।

एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि नेपाल नेतृत्वको पार्टीमा दुई निर्वाचित वडाध्यक्ष लागेका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट मेयरका लागि खेम भण्डारीको नाम चर्चामा छ ।

०७४ को निर्वाचनमा ३७ हजारभन्दा बढी मत खसेको थियो । भीमदत्तनगरमा ०७४ को निर्वाचनमा ५६ हजार मतदाता थिए ।

मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने देखिन्छ । राप्रप्रा र माओवादी एकल रूपमा निर्वाचनमा गए उनीहरूका उमेदवारले जित्ने सम्भावना झिनो देखिन्छ । तर, गठबन्धन बनेको अवस्थामा नजितामा फेदबदल ल्याउन सक्ने हैसियतमा माओवादी र राप्रप्रा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro