site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नाबालिग करणी आरोपित झियुआनको बयान : हिन्दु संस्कारमा बिहे गरेको हुँ, करणी होइन
SkywellSkywell

पोखरा । उमेर पुगेपछि विवाह गर्छु भनेर नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा चिनियाँ नागरिक ली झियुआन यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।

पोखरा ६ स्थित एक नाबालिगालाई उनले जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले गत माघ २४ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।

Dabur Nepal
NIC Asia

प्रहरीकाअनुसार उनले माघ २ गते राति ८ बजे पीडितको डेरामा नै पुगेर करणी गरेका थिए । प्रहरीले अनुसन्धानपछि फागुन १५ गते मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को 'ङ' बमोजिम कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

फागुन २० गते अदालतमा उपस्थित गराइएका झियुआनको मुद्दामाथि जिल्ला अदालत कास्कीले २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीका न्यायधीश विष्णुप्रसाद उपाध्यायको इजलाससमक्ष झियुआनले विवाह गरेको तर, करणी नगरेको इन्कारी बयान दिएका छन् ।

थुनछेक बहसमा उनले भनेका छन्, “पीडितसँग मेरो हिन्दु संस्कारअनुसार विवाह भएको । करणी गरेको होइन ।”

उनले पीडितसँग फोन, फेसबुकमा कुराकानी गर्ने गरेको बताएका छन् । विवाह नै गरिसकेको र विवाहपछि पीडितलाई फ्ल्याट खोजेर राखेको उनको बयान छ । तर, करणी गरेको भने उनले स्वीकार गरेका छैनन् ।

पीडितको शारीरिक परीक्षण, कागजातका आधारमा उनी निर्दोष रहेको मान्न नमिल्ने उल्लेख गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको थियो ।

“तत्काल प्राप्त प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई प्रतिवादी ली झियुआनलाई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४को दफा ६७ (१) ख र (२) ख बमोजिम मुद्धा पुर्पक्षको लागि थुनामा राख्नको लागि दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्नको लागि जिल्ला कारागार कार्यालय कास्कीमा पठाइदिनु...,” आदेशमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu