site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघसँग अधिकार लडेर लिने कि सहकार्य गर्ने ?
SkywellSkywell

पोखरा । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत भनेकै सवारी कर हो । आन्तरिक राजस्वको मुख्य आम्दानीमा सबैभन्दा बढी हिस्सा सवारी करले नै ओगट्छ । संविधानको अनुसूची ६ मा ‘सवारी साधन कर’ र ‘यातायात’ को व्यवस्थापनको जिम्मा प्रदेशको एकल अधिकारमा राखिएको छ ।

प्रदेश सरकारहरूले विभाज्य कोष खडा गरी स्थानीय तह र प्रदेश सरकारबीच ४०/६० अनुपातमा यो कर उठाउँदै गएका छन् ।
प्रदेश मातहतमा यातायातको व्यवस्थापन भएपनि सम्पूर्ण अधिकार भने चार वर्ष बितिसक्दा पनि प्रदेश मातहतमा आउन सकेको छैन । संघको यातायात मन्त्रालय, विभागले पनि प्रदेश मन्त्रालयले गर्ने काम नै गरिरहेका छन् ।

तर, यातायातको कामका लागि धाउने सेवाग्राहीले पहिले संघीय मन्त्रालयबाट मात्र धाउनुपर्थ्यो भने अहिले प्रदेशमा पनि सोही प्रकृतिका लागि धाउनुपर्ने बाध्यता छ । 

KFC Island Ad
NIC Asia

यही समस्या समाधान गर्न पोखरामा सोमबार सातै प्रदेशका यातायातमन्त्री भेला भएका छन् । भेलाको प्रारम्भिक छलफलमा उनीहरूले एउटा निष्कर्ष निकाले ।

त्यो निष्कर्ष हो, “नजिकबाट जनतालाई सेवा दिन भनेर नयाँ शासकीय संरचनामा देश गएतापनि संविधानको मर्मअनुरूप संघले प्रदेशलाई विश्वास नगरेका कारण संघीयतामाथि नै प्रश्न उठेको र प्रादेशिक सरकारको अस्तित्व नै खतरामा परेको छ ।”

Royal Enfield Island Ad

संघीयतालाई टिकाउन र प्रदेश सरकारलाई जनताबीच कसरी महसुस गराउन सकिन्छ भन्ने छलफलमा साझा निष्कर्ष निकाल्न उनीहरू भेला भएका हुन् ।

संविधानले नै दिएको अधिकार लडेर लिने कि संघसँगै मिलेर साझा समस्या खोज्ने र सेवा प्रवाह गर्ने दुई भिन्न विचारहरू भेलामा सहभागी मन्त्रीहरूले प्रकट गरे ।

पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते तत्कालीन मुख्यमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीको भेला राख्दा संघ सरकार प्रदेश सरकारसँग रुष्ट बन्न पुगेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसपछि नै एक कार्यक्रम प्रदेश सरकार संघका इकाई मात्र रहेको अभिव्यक्ति समेत दिएका थिए ।

भेलामा सहभागी सभामुख नेत्रनाथ अधिकारीले उक्त प्रसंग स्मरण गर्दै लडाइँ बाँकी रहेको र यो भेलाले पनि भूकम्प जानसक्ने टिप्पणी गरे ।

“संविधानले दिएको अधिकार हो, लडेर भएपनि लिनुपर्छ,” उनले भने ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संघले प्रदेश सरकार योजनाहरू सञ्चालन गरेकोमा असन्तुष्टि पोखे । “प्रदेशमा सरकार छ, प्रादेशिकस्तरका योजना प्रदेश सरकारले नै गर्छ । संघले अहिले पनि प्रदेशस्तरका योजनाहरू सञ्चालन गरेको छ,” उनले भने ।
तर, यो भेलाले संघ तर्सनुपर्ने कारण चाहिँ नरहेको सन्देश पनि दिएको छ ।

“माननीय मन्त्रीज्यूहरूको यो भेला किन गरियो भन्ने प्रसंग पनि आउला । त्यसो त अघिल्लो सरकारका पालामा पोखरामा मुख्यमन्त्रीहरूको भेला भएको थियो । त्यो भेलाबाट संघ सरकार तर्सिएको थियो । अहिलेको यो भेलाबाट कोही तर्सनु पर्ने अवस्था छैन,” उनले भने, “प्रदेश सरकारहरू संघीयतलाई थप मजबुत बनाउन चाहन्छन् । हामीले अधिकारकै लागि यति लामो संघर्ष गरेका छौँ । अब थोरै मात्र जोडबल गर्‍यौँ भने पनि त्यसको प्राप्ति हुने छ भन्ने विश्वासमा म छु ।”

सुदूरपश्चिम प्रदेशका यातायातमन्त्री दीर्घनारायण सोडारीले संघले संविधानको मर्म नबुझी लिने र दिनेजस्तो व्यवहार गरेको बताए । 

“जसरी संघीयता लैजाने भनेका थियौँ, दिने र लिनेजस्तो बनाइदियो, सहकार्य, समन्वय, सहमतिका साथ अगाडि बढ्नुपर्नेमा प्रतिष्पर्धा नै निषेध गरेको छ । हामीले संघको भन्दा राम्रो गर्न सक्थ्यौँ, निषेध गर्ने, प्रदेशको काम छैन भन्ने । कर्मचारीलाई संघले नियन्त्रणमा राख्ने । प्रदेश सरकार भनेको छ, आफ्नो सचिव बनाउन नपाउने, यसमा एकरूपताका लागि सातै प्रदेशले साझा एजेण्डा बनाउनुपर्छ,” उनले भने ।

संघीय मन्त्री रेणुकुमारी समेतको सहभागितामा बुधबार सातै प्रदेशको प्रिजेन्टेसन हुने र सबै प्रदेश सरकारदेखि संघसम्मले जनतालाई दिने सेवाको बारेमा साझा घोषणापत्र सार्वजनिक गर्ने गण्डकीका यातायातमन्त्री कुमार खड्काले जानकारी दिए । 

“लाइसेन्स लिने प्रक्रिया, सवारीसाधन दर्ता र नवीकरणको क्षेत्रमा हामीले दिएको सेवा र सुविधा अभिमान गर्ने खालको छैन । लज्जाले शिर निहुराउनेसम्मका सेवा हामीले दिएका छौँ,” उनले भने, “लाइसेन्स ३६ महिनामा आउँदैन, अनलाइन फर्ममा पालो आउँदैन । फारम भरेर बिर्सेपछि बल्ल पालो आउने प्रणाली विद्यमान छ । हामीले विभागलाई औँलो ठड्याउँछौँ । यसअघि खाली गुनासो, आलोचना गर्ने, संघले प्रदेशको क्षमताको कहिल्यै विश्वास नगर्ने स्थिति चारवर्षसम्म रह्यो ।”

सेवा प्रवाहका विषयमा सम्बन्धित सबै निकायसँगै बसेर छलफल गर्ने र समस्या समाधानतर्फ जानुपर्ने उनले बताए । एकले अर्कालाई दोष देखाउनेभन्दा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

“यो कार्यक्रमबाट हामीले नागरिकले अनुभूति गर्ने, एउटै मञ्चमा बसेर साझा तरिकाले छलफल गरेर, एउटा निष्कर्ष निकाल्न सफल भयौँ भने सबैभन्दा ठुलो सफलता यही हुनेछ । हामीले त्यही भिजनका लागि यो कार्यक्रम राखेका हौँ” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro