site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशका योजना संघले सञ्चालन गरेपछि गण्डकीका मुख्यमन्त्री असन्तुष्ट
SkywellSkywell

पोखरा । सातै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्रालयका मन्त्री र सचिवहरूको पोखरास्थित एक होटलमा भेला भएका छन् । भेलामा यातायात सेवा प्रवाहका समस्या र पूर्वाधार निर्माणबारे छलफल चलिरहेको छ ।

भेलामा बोलेका सातै प्रदेशका विभागीय मन्त्रीहरूले प्रादेशिक अधिकारमा संघले हस्तक्षेप गरेकोमा एकमत प्रकट गरे ।

संविधानले दिएको अधिकारसमेत संघले नदिएको र संघीयतालाई कमजोर बनाउन खोजेको विषयमा उनीहरूको विचार साझा रह्यो ।

KFC Island Ad
NIC Asia

दुईदिनसम्म चल्ने भेलाको उद्धेश्य पनि यातायात र पूर्वाधारका विषयमा साझा निष्कर्ष तय गर्नु नै हो ।

सुदूरपश्चिमका यातायातमन्त्री दीर्घनारायण सोडारीदेखि प्रदेश १ का यातायातमन्त्री उपेन्द्रप्रसाद घिमिरे संविधानमा प्रष्टसँग लेखिएको अधिकार दिन सिंहदरबारले आफ्नै अधिकार दिन खोजेजस्तो व्यवहार देखाएर संघीयतालाई नै कमजोर बनाउनमा उद्धत रहेको बताउँछन ।

Royal Enfield Island Ad

चालक अनुमतिपत्रदेखि, नवीकरण, सडक विस्तारमा जग्गा अभाव लगायतका विषयसहित यातायातमा विद्यमान समस्याको बारेमा मन्त्रीस्तरको भेलाले साझा निष्कर्ष मंगलबार तय गर्नेछ ।

औपचारिक उद्धाटन सत्रमा चाहिँ मन्त्रीहरूले संविधानले दिएको अधिकार नदिए संघीयता नै कमजोर हुने र त्यो अधिकार लिन सहज नभएतापनि लड्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

उद्धाटन सत्रमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार हुँदाहुँदै पनि संघले प्रदेशस्तरका योजनाहरू सञ्चालन गरेकोमा असन्तुष्टि पोखेका छन् । 

“प्रदेशस्तरका सडक र अन्य पूर्वाधारमा पनि संघ सरकारले बढी काम गर्न चाहेको देखिन्छ । प्रदेशमा सरकार छ, मन्त्रालय छन्, कानुन छ, संरचना र जनशक्ति छन् । त्यसैले प्रदेशस्तरका आयोजनाहरूका लागि रकम, विकास सहायता प्रदेशलाई नै दिने र प्रदेशले निर्णय गर्नुका साथै कार्यान्वयन गर्ने अवस्था सिर्जना हुनु पर्दछ,” उनले भने ।

सातै प्रदेशका यातायातमन्त्री सहभागी भेलामा मुख्यमन्त्रीले गरेको सम्बोधनको अंश :

मुलुक निर्माणको चरणमा नै रहेको हुँदा भौतिक पूर्वाधारको विकासमा धेरै जोड दिनु पर्ने अवस्था छ । भौतिक पूर्वाधारको गुणस्तरले प्रदेशको विकासको अवस्था प्रतिविम्बित गर्दछ ।
बढदो सहरीकरण, जनताको विकास चाहना, विश्वव्यापी विकास अभ्यासलाई हेर्दा भौतिक पूर्वाधारको विकासमा विशेष जोड दिनु आवश्यक छ ।
भौतिक पूर्वाधारमा सडकको निर्माणलाई विशेष महत्व दिनु आवश्यक छ किनकि यो पूर्वाधारको पनि पूर्वाधार हो । सबै पालिकालाई पक्की सडकले जोड्ने । प्रदेशहरू बीचको सडक सञ्जाल मजवुत बनाउनेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।
नेपाल अहिले तिब्र सहरीकरणको प्रक्रियामा छ  । सहरको बसाइ व्यवस्थापन, सौन्दर्यीकरण, यातायात र फोहरको व्यवस्थापन हामी सबैको चासो र चिन्ताको  विषय हो । भने अपांगतामैत्री पूर्वाधार, सहरी सुकुम्बासीको व्यवस्थापनको पाटोमा पनि हामीले विशेष तरिकाले सोच्नु पर्ने आवश्यकता छ ।
यातायातको व्यवस्थापन हाम्रो लागि एक विशेष अवसर र चुनौती हो । यातायातलाई आधुनिकतातर्फ लैजान राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्ने, द्रुत गतिमा चल्ने रेल मुलुकमा संचालनमा ल्याउने, राजमार्गहरूको स्तरोन्नति गरी थोरै समयमा गन्तव्यमा पुग्ने कार्यहरूमा ध्यान दिनु आवश्यक छ ।
साथै कार्बन न्युट्रलको अवधारणा बमोजिम जैविक इन्धनको विस्थापन र विद्याुतीय गाडी सञ्चालनमा जोड दिने तर्फ हाम्रा प्राथमिकता हुनु पर्दछ भन्ने लाग्दछ । साथै सहरको यातायात व्यवस्थापनमा पनि स्मार्ट ट्रान्सपोर्टको नीति र विधि अवलम्बन गर्नु आवश्यक छ ।
वैज्ञानिकहरूले केही दशकमा विश्वमा भर्टिकल टेक अफ एन्ड लेन्डिङको प्रयोगले सडक यातायातको उपयोग निकै घटाउने अनुमान गरेका छन् । यातायातको पूर्वाधार निर्माणमा त्यस तर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ ।
माननीय मन्त्रीज्यूहरू तथा सचिवजीहरू
पूर्वाधार निर्माणका लागि हामिले परिचालन गर्दै आएको स्रोतले हाम्रा लक्ष्यहरू प्राप्त हुने अवस्था छैन । त्यसैले एकातिर थप स्रोत परिचालनमा ध्यान दिनु आवश्यक छ भने अर्कोतर्फ उपलब्ध प्रत्येक रुपैयाँलाई सबै भन्दा बढी प्रतिफल दिने तथा धेरै नागरिकलाई सेवा दिने क्षेत्रमा खर्च गर्नु आवश्यक छ ।
संघीयताको मर्मलाई कार्यान्वयनमा ल्याउन संविधानले प्रदेशलाई दिएको यातायात क्षेत्रको अधिकार पनि केन्द्रले प्रदेशलाई दिन हिचकिचाएको अवस्था छ ।
लाइसेन्सको निवेदन दिनेले वर्षौसम्म लाइसेन्स पाउन नसक्ने अवस्था छ । हामीले निवेदन दिएका १ महिनामा अनुमतिपत्रका लागि ट्रायल दिन पाउने अवस्था निर्माण गर्न चाहन्छौ । तर त्यसमा कोटा निर्धारण गर्ने, लाइसेन्स केन्द्रले जारी गर्ने लगायतका थुप्रै अवरोध कायम राखिएको छ ।
केन्द्रले निर्धारण गरिदिएको प्रक्रिया पूरा गरेर आवश्यकता बमोजिम सवारी चालक अनुमति पत्र जारी गर्न सक्ने बनाउन केन्द्रले सिर्जना गरेको अवरोध तत्काल हटाउनु पर्दछ । हामी यस क्षेत्रको व्यवस्थापन प्रदेशको आवश्यकता अनुसार गर्न सक्षम छौं ।
प्रदेशस्तरका सडक र अन्य पूर्वाधारमा पनि संघ सरकारले बढी काम गर्न चाहेको देखिन्छ । प्रदेशमा सरकार छ, मन्त्रालय छन्, कानुन छ, संरचना र जनशक्ति छन् । त्यसैले प्रदेशस्तरका आयोजनाहरूको लागि रकम, विकास सहायता प्रदेशलाई नै दिने र प्रदेशले निर्णय गर्नुका साथै कार्यान्वयन गर्ने अवस्था सिर्जना हुनु पर्दछ ।
आदरणीय साथीहरू
गण्डकी प्रदेश सरकार हाम्रा आपसी हितका विषयमा सहकार्य गर्नु पर्दछ भन्ने पक्षमा छ । नीति, कानुन तथा संरचना निर्माण र कार्यान्वयनमा पनि हाम्रा बीचका छलफल र अन्र्तक्रियाले हामीलाई अघि बढन मद्धत गर्नेछ ।
संघ सरकारसँग उठाउनु पर्ने सवाल र संघलाई गर्नुपर्ने सहयोगमा पनि हाम्रा बीचमा मतैक्यता हुनु राम्रो हुन्छ ।
प्रदेशहरू बीचमा विकास निर्माणका कार्य, आर्थिक उन्नयनका विषयमा धेरै सहयकार्य सम्भव छ । जसमध्ये उदाहरणका लागि म केही विवरण पेश गर्न चाहन्छु ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र हिन्दु, बुद्ध तथा अन्य धर्मालम्बीको सहित पवित्र तीर्थ मुक्तिनाथ जोड्ने छोटो दुरीको सुविधा सम्पन्न सडक निर्माण गरी लाखौं धार्मिक पर्यटन भिœयाउने सम्भावना गण्डकी र लुम्बिनी प्रदेश मिल्दा बन्दछ । यसको लागि दुई प्रदेश मिलेर उक्त सडक निर्माण गर्ने कार्य आरम्भ गरौं । यसले प्रदेशहरू बीचको सहकार्यको संस्कार विकास गर्न मद्धत पुग्नेछ ।
उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना, लुम्बिनी पोखरा ९० मिनेटमा आइपुग्न सक्ने गरी सडक निर्माण, वातावरणीय जोखिम न्यूनीकरणका लागि सहकार्य आदि लुम्बिनी र गण्डकी बीचको सहकार्यका केही नमुना हुन सक्छन् ।
त्यस्तै देवघाट क्षेत्रको एकीकृत विकास, नारायणी नदीको संरक्षण र आर्थिक उपयोग, त्रिशुली करिडोर निर्माण, बुढी गण्डकी जलविद्युत आयोजनालाई द्रुतता दिने जस्ता विषयहरू बागमती प्रदेश र गण्डकी प्रदेशका साझा सवाल हुन सक्छन् ।
साथै काठमाडौं— पोखरा २ घन्टामा तथा पोखरा—चितवन १ मा यात्रा गर्न सकिने अत्याधुनिक सडक निर्माण गरी पर्यटन व्यवसायको विस्तार तथा अन्य विकासको ढोका खोल्न सकिन्छ ।
कणाली र गण्डकी प्रदेशको भूभाग पनि जोडिएको छ । जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, उच्च पहाडी भागमा उचित पूर्वाधारको विकास गरी पर्यटन वृद्धि, मध्यपहाडी लोकमार्गको उपयोग गर्दै व्यापार, शिक्षा, स्वास्थ्य आदिमा सहकार्य गर्न सक्ने सम्भावना छ । साथै जडिबुटीको विस्तार, संकलन, प्रशोधन र औषधी उत्पादनमा सहकार्यको सम्भावना छ ।
त्यस्तै मधेश प्रदेशसँग सिधा उडान स्थापना गरी पर्यटक आउन सहज बनाउने । २ प्रदेशका बीच लगानीको अनुकुलता सिर्जना गर्ने । खाद्यान्नको उत्पादनमा उपभोगमा सहकार्य गर्ने । शिक्षा स्वास्थ्य आदिको विकासमा अन्तर्सम्बन्ध विकास गर्ने तर्फ धेरै काम गर्न सकिन्छ ।
प्रदेश १ को पर्यटन, उद्योग, नगदे बाली खेती आदिको अनुभव र गण्डकीको अनुभव आदान प्रदान गरी कैयन सहकार्यका क्षेत्र पहिचाान गर्न सकिन्छ ।
सुदुरपश्चिम प्रदेशसँग गण्डकी तालहरूलाई उडानबाट जोड्ने सम्भावना पनि उत्तिकै छ । लेक कनेक्सन बाइ एअरको परियोजना चलाउन सकिन्छ । पुर्खाहरूको बसाई सराई हेर्दा कर्णाली र सुदुरपश्चिमबाट धेरै मानिसहरू पूर्वसम्म फैलिएको हँुदा यी प्रदेशसँगको कनेक्टीभिटी विस्तार गर्न सकेमा पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना रहन्छ । यसमा हामी सबैले ध्यान दिनु आवश्यक छ ।
अर्थात्
संसारका विभिन्न मुलुकका बीचमा आपसी हितका लागि सहकार्य हुँदै आएको छ भने हामी प्रदेशहरू बिच पनि आपसी हितका क्षेत्रहरू पहिचान गरी, संयुक्त लगानी गर्ने तथा सहकार्य गर्ने संस्कार विकास गर्नु पर्दछ । यसका लागि यो छलफल फलदायी होस् भन्ने चाहन्छु ।
कार्यक्रममा सहभागी सम्पूर्ण मित्रहरू
२०७८,  जेठ २९ मा हामीले सरकारको जिम्मेवारी लिइरहँदा कोभिड १९ को महामारी थियो । त्यसैमाथि अविरल वर्षासँगै बाढीपहिरोको प्रकोप थपियो । जसलाई हामीले प्रदेशको क्षमता अनुसार व्यवस्थापन गर्दै आयौं ।
हामीले पर्यटन क्षेत्रलाई नै समृद्धिको पहिलो आधार तय गरेका छौं । पर्यटन प्रवद्र्धनमा हामी केन्द्रित छौं । यसै विषयलाई मध्यनजर गरी गण्डकी प्रदेशको पर्यटन विकासको सम्भाव्यता र अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रको प्रचारप्रसारका लागि विश्व पर्यटन दिवस, २०२१ को अवसरमा नेपालस्थित विभिन्न विदेशी राष्ट्रका महामहिम राजदूत तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिलाई निमन्त्रणा गरी भ्रमण गराउने ऐतिहासिक कार्यक्रम सम्पन्न गरिएको छ ।
संघीयताको कार्यान्वयनसँगै अस्तित्वमा आएका प्रदेश सरकारबीच अनुभव आदानप्रदान र पर्यटन प्रवद्र्धनका लागि हामीले विशेष पहल गरेका छौं । यसै क्रममा हाम्रो निमन्त्रणमा मधेश प्रदेशका माननीय मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टिमले असोज ६ गतेबाट ३ दिनसम्म गण्डकी प्रदेशको सद्भावना भ्रमण गरेको छ ।
उहाँहरूको निमन्त्रणामा मेरै नेतृत्वमा माननीय अर्थमन्त्री र पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ज्यूसहित १८ जनाको टोलीले यही फागुन २३ गते मधेश प्रदेशको भ्रमण गरेर फर्केको छ । प्रदेश सरकारहरूले झेल्नु परेका समस्याका बारेमा हामीले यो भेटमा घनीभूत छलफल गरेका छौं । त्यतिमात्र होइन २ प्रदेशबीच आर्थिक, सामाजिक र सांस्कृतिक सहकार्यका सम्भावनाका बारेमा छलफल भएको छ ।
पोखराबाट हालैका दिनमा जनकपुर धाम र धनगढीमा हवाई उडान सुरु भएको छ । यसअघि सिमरा, भरतपुर, भैरहवा र नेपालगन्जमा हवाई उडान सम्पर्क जोडिएको छ । अब प्रदेश नम्बर १ र कर्णालीमा पनि हवाई सम्पर्क कायम गर्ने प्रयासमा हामी जुटेका छौं ।
व्यवसाय जीवन रक्षा कोषलाई अझै प्रभावकारी बनाउन ‘ख’ वर्गका बैंकहरूलाई समेत ऋण लगानी प्रक्रियामा समेट्ने गरी कार्यविधि संशोधन गरिएको छ । सोही अनुसार कोभिड १९ को जोखिममा परेका व्यवसायीलाई निब्र्याजी ऋण दिने प्रक्रिया प्रारम्भ भइसकेको छ ।
प्रदेशभित्रका नागरिकलाई निःशुल्क रगत तथा रगतजन्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जनयुद्ध र जनआन्दोलनका घाइते, सहिद बेपत्ता र अपांगता भएका परिवारका सदस्यलाई प्रदेश सरकार मातहतका अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यले प्रदेश स्वास्थ्य नीति जारी गरिएको छ । कोभिड– १९ का कारण निधन भएका परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ र अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रुपैयाँका दरले राहत तथा मानवीय सहायता उपलब्ध गराइएको छ ।
नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भए अनुसार प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी सडक मानवमुक्त गण्डकी प्रदेश घोषणा गरी तत्काल उद्धार र संरक्षणका कार्य भइरहेका छन् । मानव सेवा आश्रमसँग सम्झौता गरी प्रतिव्यक्ति प्रति महिना ३ हजार रुपैयाँ दिने निर्णय कार्यान्वयनमा गइसकेको छ ।
पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निशुल्क गर्नका लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग यसका लागि सम्झौता भइसकेको छ ।
प्रदेशमा सरकारले सहजै कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याएको छ । अहिले पनि सहजरुपमा हामीले खोप उपलब्ध गराउँदै आएका छौं । १२ वर्षभन्दा माथिको उमेरका सबै अर्थात् शतप्रतिशत कोरोनाविरुद्धको खोप लगाइसक्नु भएको छ । बुस्टर डोज पनि १५ प्रतिशतभन्दा बढीले लगाइसकेका छन् ।
हामीले प्रदेश शिक्षा नीति, श्रम तथा रोजगार नीति पारित गरिसकेका छौं । प्रदेशको शैक्षिक गुणस्तरमा सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको छ । साक्षर प्रदेश घोषणा गरेका छौं ।
गण्डकी विश्वविद्यालयले आइटी, खेल व्यवस्थापन र फार्मेसीमा कक्षा सञ्चालन गरिसकेको छ । नयाँ शैक्षिक शत्रबाट बिएएललबीका कक्षा पनि सुरु गर्दैछ । राष्ट्रिय आविश्कार केन्द्रको प्राविधिक सहयोगमा विश्वविद्यालय आफैले आविश्कार केन्द्र सञ्चालनमा छ । शिक्षण अस्पताल सञ्चालनका लागि समेत सम्भाव्यता अध्ययनको काम सुरु भएको छ ।
प्रदेशको लाइफलाइन कोरला त्रिवेणी सडकको दुम्कीवास त्रिवेणी खण्डमा निकुन्जको अवरोध हटाउनका लागि प्रदेश सरकारले विगत ४ वर्षदेखि नै प्रयास गर्दै आएको हो । चितवन राष्ट्रिय निकुन्ज र त्यसको मध्यवर्ती क्षेत्रमा पर्ने भएका कारण ट्रयाक खुल्न बाँकी ८ किलोमिटर सडक खण्डको अवरोध अब हट्ने भएको छ । केन्द्रमा म आफै पुगेर वन तथा वातावरण मन्त्रीलाई भेटेपछि माघ १७ गते निर्णय भइसकेको छ ।
पोखराको सिलिंगे डाँडामा प्रदेश गौरवको आयोजना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनका लागि लगानी बोर्ड नेपालले प्रक्रिया आरम्भ गरेको छ । निजी क्षेत्रबाट हाम्रो क्षेत्रमा सञ्चालन हुने प्रदेश गौरव/रुपान्तरणकारी २३ आयोजनामध्येको एक मुक्तिनाथ केबलकारको वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको छ ।
पूर्वाधारको क्षेत्रमा हामीले ७ अर्ब लगानी गरिसकेका छौं । झोलुंगे पुल, खानेपानी सेवा, विद्यालय सुुधार तथा लघु जलविद्युतका लागि टिम गोर्खासँग समन्वय भइरहेको छ ।
प्रदेश गौरवका र अन्य आयोजनाहरू जग्गा प्राप्ति हुन नसक्दा रोकिएका छन् । यो प्रक्रियाको सहजीरणका लागि प्रदेश सरकारका माननीय मन्त्री कुमार खड्काको संयोजकत्वमा गठित समिति क्रियाशील छ ।
अब छिटै नै असंगठित क्षेत्रमा मजदुरको हितलाई केन्द्रमा राखेर प्रति श्रम ऐनको तयारीमा सरकार जुटेको छ ।
यातायात क्षेत्रमा समेत हामीले उल्लेख्य काम गरेका छौं । प्रदेश सवारी साधन भाडा दर निर्धारण सिफारिस समिति गठन भई सो समितिले समयानुकूल भाडा दर निर्धारण गरेको छ । प्रक्रिया पुगेको १० मिनेटमै अस्थायी लाइसेन्स उपलब्ध गराउनेदेखि कागजातलाई डिजिटाइज गर्ने काम धमाधम भइरहेको छ । अनलाइन पेमेन्ट पनि सुरु भइसकेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण समितिको गठन भएको र उक्त समितिले विमानस्थल शीघ्र सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।
माननीय मन्त्रीज्यूहरूको यो भेला किन गरियो भन्ने प्रसंग पनि आउला । त्यसो त अघिल्लो सरकारका पालामा पोखरामा मुख्यमन्त्रीहरूको भेला भएको थियो । त्यो भेलाबाट संघ सरकार तर्सिएको थियो । अहिलेको यो भेलाबाट कोही तर्सनु पर्ने अवस्था छैन । प्रदेश सरकारहरू संघीयतलाई थप मजबुत बनाउन चाहान्छन् । हामीले अधिकारकै लागि यति लामो संघर्ष गरेका छौं, अब थोरै मात्र जोडबल ग¥यौं भने पनि त्यसको प्राप्ति हुने छ भन्ने विश्वासमा म छु ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro