site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको शिलान्यास
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको मंगलबार शिलान्यास गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) परिसरभित्र बन्न लागेको कभर्डहलको शिलायन्स गरिएको हो । 

विश्वविद्यालय परिसरभित्रै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पश्चिममा रहेको खाली ठाउँमा कभर्डहल बनाइने छ । करिब ८२ करोड लागत अनुमान गरिएको कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २ पैसा २.१२ दाम जग्गा उपलब्ध गराएको छ । ८२ करोड बजेट जग्गा सम्याउने, पार्किङ, रिटेनिङ वाल लगाउनेआदि बाहेकको खर्च हो । कुल जग्गा मध्ये २४ रोपनी पार्किङका लागि मात्र छुट्टयाइएको छ । त्यसमा २ सय ३५ गाडी र ३ सय ८७ मोटरसाइकल राख्न सकिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कभर्डहल ५ हजार दर्शक अटाउने क्षमताको हुनेछ । कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको जिम्नेजियम हल, प्रशासनीक भवन, खेलकुद शिक्षा विभाग, पुनर्ताजगी कक्ष, म्याच अफिसियल कक्ष, खेलाडीको चेन्जिङ कक्ष, मिडिया कक्ष, इन्डोर प्राक्टिस कक्षलगायत रहने छन् ।

कार्यक्रममा मन्त्री केसीले कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बन्नु कीर्तिपुर वासी, त्रिभूवन विश्वविद्यालय र सिंगो राष्ट्रका लागि गर्वको विषय भएको बताए । उनले निर्माण कार्यमा पैसाको कमी हुन नदिने प्रतिबद्धता जनाउदै द्रुत गतिमा काम अगाडि बढाउन समेत निर्देशन दिए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले १३ औं सागमा प्रयोग गर्न मिल्ने गरी कभर्डहल निर्माण पूरा गर्ने लक्ष्य रहेको बताउदै सबैको साथ र सहयोग पाए त्यो असम्भव नभएको धारणा व्यक्त गरे ।

Royal Enfield Island Ad

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरवासीका लागि विशेष अवसर भएको बताउदै आफ्नो तर्फबाट पनि निर्माण कार्यमा सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro