site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ९ करोड वर्ष अघिको गोही जसले अन्तिम भोजनका रूपमा डाइनोसर खायो 

यूएसए टुडे । अस्ट्रेलियामा अनुसन्धानकर्ताहरूले करिब ९ करोड ५० लाख वर्ष अघिको नयाँ प्रजातिको गोही भेटाएका छन् । साथै अनुसन्धानकर्ताहरूले ती गोहीले आफ्नो अन्तिम भोजनको रूपमा डाइनोसर खाएको दाबी गरेका छन् ।

यस प्रकारको गोहीको जीवाशेष पहिलोपटक सन् २०१० मा फेला पारिएको थियो । पृथ्वीमा डाइनोसर मज्जाले डुल्दै हिँड्ने क्रेटासिअस अवधिको चट्टानले भरिएको स्थान अर्थात पूर्वी अस्ट्रेलियाको विन्टन फर्मेसन नजिक त्यस्ता जीवाशेष फेला पारिएको हो ।

Dabur Nepal
NIC Asia

केही जीवाशेष कुच्चिएका छन् । तर अनुसन्धानकर्ताहरूले ती जीवाशेषमा अन्य जनावरका स–साना हाड फेला पारेका छन् । डाइनोसरको अस्ट्रेलियन युगको संग्रहालयका अनुसन्धानकर्ताहरूले ती हाडहरू डाइनोसरको भएको पत्ता लगाएका हुन् । यो अनुसन्धानको प्रतिवेदन शुक्रबार जर्नल गोन्ड्वाना रिसर्चमा प्रकाशित गरिएको छ ।

सफा पानीमा बस्ने कन्फ्राक्टोसकस साउरोकटोनस नामको यो गोही आठ फिट लामो हुन्थ्यो । यसको नामको अर्थ 'दि ब्रोकन डाइनोसर किलर' हो । तर संग्रहालयका सहायक अनुसन्धानकर्ता तथा यस अनुन्धानका प्रमुख अनुसन्धानकर्ता म्याट ह्वाइटले ती गोही अझै ठूलो हुनुपर्ने बताएका छन् । तर अनुसन्धानकर्ताहरू ती गोही कसरी अचानक मरे भन्नेबारेमा अझै अनभिज्ञ छन् ।

यस प्राणीको शरीरको ३५ प्रतिशत अंग संरक्षित गरिएको छ । यसको हात खुट्टा र पुच्छर नभएपनि टाउकोको भाग करिब करिब पूरै छ । अनुसन्धानकर्ताहरूले सो जिवाशेषमा रहेका हड्डीहरूबारे जानकारी हासिल गर्न एक्स–रे र सीटी स्क्यानको प्रयोग गरेका थिए ।

अनुसन्धानबाट ती जिवाशेष ओरिन्थोपोड समूहको शाकाहारी डाइनोसरको चार पाउन्ड बजनको बच्चाहरूको रहेको पत्ता लागेको छ । अस्ट्रेलियामा ओरिन्थोपोडको अवशेष भेटिएको पनि यो पहिलो पटक हो । गोहीको पेटमा डाइनोसरको बच्चाको तिघ्रा फेला परेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro