site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरिया विमान दुर्घटना : चार दिनसम्म पनि खुलेन कारण, अहिलेसम्म के भयो ?

काठमाडौं । दक्षिण कोरियामा डिसेम्बर २९ मा भएको जेजु एयरको विमान दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो । चालक दलका दुई सदस्यको जीवितै उद्धार गरिएको थियो ।

जेजु विमान दुर्घटना भएको चार दिन बितिसक्दा पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चरासँग ठोक्किएर विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको थियो । तर, कतिपय विज्ञहरू इन्जिनसँग चरा ठोक्किएर दुर्घटना हुन नसक्ने बताउँछन् । विमानमा चरा ठोक्किँदा इन्जिन पूर्णरूपमा फेल नहुने उनीहरूको तर्क छ । एउटा फेल भए पनि अर्को इन्जिनले काम गर्ने उनीहरूको तर्क छ ।

अनुसन्धानमा संलग्न टोलीले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

कसरी भएको थियो दुर्घटना ?

अवतरणका क्रममा पाइलटले मुआन एयरपोर्टको एयर ट्राफिक कन्ट्रोलरलाई 'मेडे अलर्ट' पठाएका थिए । पाइलटहरूले आपत्‌कालीन अवस्थामा 'मेडे' शब्द प्रयोग गर्छन् । पाइलटले विमानमा चरा ठोक्किएको जानकारी दिएका थिए । त्यसपछि पाइलटलाई बाटो परिवर्तन गरेर उल्टो दिशामा अवतरण गर्न निर्देशन दिइएको थियो ।

विमानले दुईपटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो । तर, ल्यान्डिङ गियर नखुलेपछि विमान अवतरण हुन सकेन । अहिलेसम्म ल्यान्डिङ गियर नखुलेको कारण खुल्न सकेको छैन ।

अहिलेसम्म के भयो ?

दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार, विमानको ककपिट भ्वाइस रेकर्डरमा भएको विवरण संकलन गरिएको छ । दक्षिण कोरियामा सम्भव नभएपछि उडानको विवरण विश्लेषणका लागि अमेरिका पठाइने भएको छ । छानबिनका लागि अमेरिकी विज्ञहरू खटिएका छन् । सबै मृतकहरूको सनाखत भइसकेको छ ।

दक्षिण कोरियाको सरकारले जनवरी ४ सम्म शोक घोषणा गरेको छ ।

मुआन विमानस्थलमा भएको दुर्घटना हालै भएको सबैभन्दा घातक विमान दुर्घटनामध्ये एक हो । संयुक्त राष्ट्रसंघका अनुसार, यो दुर्घटना सन् २०१८ को लायन एयरको फ्लाइट ६१० इन्डोनेसियामा दुर्घटनापछिको सबैभन्दा ठूलो दुर्घटना हो । त्यतिबेला विमानमा रहेका सबै १८९ जनाको ज्यान गएको थियो ।

रोयटर्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro