site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारीको आन्तरिक कर्जा फारममा रविको हस्ताक्षर मिलेन ! काठमाडौं प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तहरूमाथि न्यायिक प्रक्रिया जारी छ । कास्की प्रहरीले लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहितका आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ७ गते मुद्दा कास्की अदालत पेश गरेको थियो । यसयता कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी प्रकरणका अभियुक्तबारे न्यायिक प्रक्रिया थालेको हो । 

पक्राउ परेका सातजनाको बयान मंगलबार मात्रै सकिएको थियो । त्यही दिनदेखि थुनछेक बहस जारी छ । सम्भवतः अर्को साता अभियुक्तहरूलाई धरौटीमा  छाड्ने वा पुर्पक्षका निम्ति थुनामा पठाउने भन्ने आदेश हुनेछ । 

Dabur Nepal
NIC Asia

सूर्यदर्शन सहकारी प्रकरणमा अभियुक्तहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुर छ । तर, सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुख्य केन्द्रबिन्दु रवि लामिछाने छन् ।  जसकारण कास्की अदालतले लामिछानेको हकमा के आदेश गर्ला भन्ने चासो धेरैको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा तीन करोड ठगी तथा झण्डै २८ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलिरहेको छ । सहकारी ठगीअन्र्तगत सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा रकम आउँदा एक करोड कर्जा लामिछानेकै नाममा प्रहरीले फेला पारेको थियो ।

सहकारीको कर्जासम्बन्धी आन्तरिक फारममा लामिछानेको हस्ताक्षर भेटिएको थियो ।  त्यसलाई प्रहरीले प्रमाणका रूपमा समेत लिएको थियो ।  तर, प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भने उक्त हस्ताक्षर लामिछानेको नभएको पुष्टि भएको खुलेको छ ।

०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ रवि लामिछानेको नाममा कर्जा देखाइएको थियो । 

तर, कर्जाको अन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको पुष्टि भएको हो ।  प्रहरीका एक अधिकारीकाअनुसार पनि फरेन्सिक रिपोर्टअनुसार लामिछानेको कर्जा फारममा हस्ताक्षर मिलेको पाइएन ।  प्रहरीको फरेन्सिक ल्याबको रिपोर्टबारे बुधबारको थुनछेक बहसका क्रममा न्यायाधीशले चासो राखेको रविका सहयोगी प्रमोद न्यौपानेले बताए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले भने प्रहरीले फरेन्सिक ल्याबको परीक्षणबाट आएको रिपोर्ट प्रतिवेदनमा नै समावेश गरेर पठाइएको बताए । उनले भने, ‘‘हामीले परीक्षणको रिपोर्ट अनुसन्धान प्रतिवेदनमा राखी वकिल कार्यालय बुझाएका हौँ । रिपोर्टमा के थियो भन्नेबारे सरकारी वकिल कार्यालय नै बुझ्नुहोला ।’’

सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा समेत लामिछानेविरुद्ध समावेश कागजातहरूमध्ये फरेन्सिक ल्याबको परीक्षणपत्र समेत राखिएको उल्लेख गरेको छ ।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बयान प्रहरीदेखि जिल्ला अदालत कास्कीमा दिएका छन् । 

काठमाडौं प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन काठमाडौं प्रहरीले आज बुझाएको छ । काठमाडौं प्रहरीले लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर अनुुसन्धान प्रतिवेदन बुझाएको हो । 

प्रहरीले अनुसन्धान प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

४४ जना प्रतिवादीबाट प्रहरीले १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय दिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।

कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरी काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । रवि र छविविरुद्ध हाल पोखरा जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । स्वर्णलक्ष्मीको रकम ठगी प्रकरणबारे बयान लिन पोखराबाट काठमाडौं ल्याइएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro