site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जति आयोजना त्यति कमिसन ! मन्त्रीलाई प्रश्न– ६१ अर्ब खर्चिएर नचल्ने विमानस्थल किन बनाएको ?

काठमाडौं । विदेशी ऋणमा ६१ अर्ब खर्चिएका पोखरा र भैरहवा विमानस्थल नचलेपछि सांसदहरु चिन्तित हुँदै सरकारसँग प्रश्नसँगै आरोप लगाउँदै छन् । उनीहरुको भनाइमा, हचुवाका भरमा बनाउँदा सञ्चालनमा कठिनाई भएको हो ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार बोल्ने पूर्वप्रधानमन्त्री, पूर्वपर्यटन मन्त्री र सांसदहरू यी दुई विमानस्थल हचुवाका भरमा बनेको हुँदा कठिनाइ भएको निष्कर्ष सुनाउँदै छन् । तर, उनीहरूले त्यसरी हचुवामा आयोजना छनोट गर्नेका हकमा के गर्ने भन्ने विषयमा चाहिँ केही उल्लेख गरेनन् ।

विदेशी ऋणमा निर्मित भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भैरहवा उडान गरेका चार अन्तर्राष्ट्रिय कम्पनीले पनि भिजिविलिटीको कारण देखाउँदै उडान स्थगित गरेको अवस्था छ । 

Dabur Nepal
NIC Asia

दुई विमानस्थलको कुल खर्च ६१ अर्ब रूपैयाँ बढी छ । तर, त्यस विमानस्थल निर्माणको अध्ययन, सिफारिस गर्ने, विदेशी ऋण लिनेलगायतका काममा कसलाई र कसरी जवाफदेही बनाउने भन्ने विषयमा सांसदहरूको कुनै प्रसंग नै उठाएनन् ।

गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ । गौतमबुद्धमा एसियाली विकास बैंक र पोखरामा चिनियाँ ऋण लगानी भएको छ ।

समितिमा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि परियोजना लहडका भरमा बनाउने परिपाटीले समस्या भएको बताए । 

“हाम्रो समस्या के छ भने लहडका भरमा हामी निर्णय गर्छौं । अनि त्यसमा लगानी गर्छौं । त्यत्तिकै पैसा डुबाउन लगानी गरेको छ । लुम्बिनी चल्दैन भन्ने थाहा थियो । तर, पनि हचुवाको भरमा बनाइयो,” उनले भने, “बनाउनुपर्ने निजगढ थियो । मैले सबै पूर्वप्रधानमन्त्रीहरूलाई निजगढ लगेर देखाएँ । त्यहाँ सबैले राम्रो छ भन्नुहुन्छ यता आएर कोही बोल्नु हुँदैन ।”

पोखरा र भैरहवाको साटो निजगढ बनाउनुपर्ने नेपालले जोड दिए । 

“निजगढ गेम चेन्जिङ परियोजना हो । यसका लागि त्यतिका खर्च गरेर फास्ट ट्रयाक बनाइएको छ । पहिला त्यसको धेरैले विरोध गर्नुभएको थियो । अब त बुझ्नु भएको होला,” उनले भने, “निजगढ विमानस्थल बने यो दक्षिण एसियाकै ‘हब’ बन्छ ।”

नेपालले निजगढ सुरू गरिहाल्न पर्यटन मन्त्री बद्री पाण्डेसँग आग्रह गरे ।  यस्तै सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट व्यवस्थापन गर्दा कनिका छर्ने गरेको नेपालले आरोप लगाए ।

पूर्व प्रधानमन्त्री नेपाललाई समितिमै पूर्व पर्यटनमन्त्री सुदन किराँती विमानस्थल बनाउनुपूर्व पर्याप्त अध्ययन नहुने हो भने घाम ताप्ने थलोमा परिणत हुन सक्ने खतरा देखाए । उनले भने, “निजगढ बनाउने हो भने त्यसमा पर्याप्त अध्ययन हुन जरूरी छ । के निजगढ बनाएर घाम ताप्ने त होइन ?’’

उनका अनुसार, भारतबाट नेपाल प्रवेश गर्ने बिन्दु २१ हजार फिटमाथि हुने सम्झौता छ । निजगढमा अवतरण गर्न हजार–बाह्र सयमा झर्नु पर्छ । त्यसकारण बनाउनुअघि प्राविधिक रूपमा अध्ययन गर्नुपर्छ ।

उनले नेपालमा बन्ने आयोजनामा कमिसन आउने यकिन भएपछि मात्रै योजना बन्ने गरेको टिप्पणी समेत गरे । 

उनी भन्छन्, “हाम्रोमा आयोजना बन्नुभन्दा अघि कमिसन कति आउँछ भन्ने हिसाब हुन्छ । जति ठूलो आयोजना त्यति नै धेरै कमिसन ।”

एमाले सांसद तथा पूर्वमन्त्री भीम आचार्यले भैरहवा र पोखरा विमानस्थल चलाउनेतिर सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरे । “पोखरामा विमानस्थल चल्दैन ? हामीले कति प्रयास गर्यौं ? हामीले भारतसँग कति पटक वार्ता गर्यौ ? विमानस्थल चलाउन हाम्रो प्रयत्न भएको छैन,” उनले भने, “काठमाडौं विमानस्थलमा सरकारले यसवर्ष १६ लाख पर्यटक भित्र्याउने भनेको छ । करिब १२ लाख आउँदा त यस्तो अवस्था छ । १६ लाख पर्यटक धान्छ ?”

Madhav_-Nepal-1735819331.jpg
 

यस्तै सांसद प्रभु साहले पनि निजगढ विमानस्थल अघि बढाउनुपर्नेमा जोड दिए । सरकारले खर्च गरेको बजेट खर्चबारेमा पनि उनले प्रश्न उठाए ।  सरकारले मेडिकल, भिसा सेन्टर, श्रमलगायतका सवाल कार्यान्वयन नगरेका कारण पनि भैरहवामा विमान कम्पनीहरूले उडान रोकेको भन्ने खबर आइरहेको नेकपा एमाले सांसद सुनिता बरालले बताइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद शिशिर खनालले नेपाल नागरिक उड्ड्यन प्राधिकरण र राष्ट्रिय निकुन्जबीच सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडाउने कुरामा द्वन्द्व भइहरको प्रति प्रश्न उठाए ।

सांसद दामोदर भण्डारीले पोखरा र भैरहवा सञ्चालनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । “पोखरा र भैरहवाबाट नियमित उडानको व्यवस्था गर्नुपर्छ । निजगढ हामीलाई आवश्यक भएको बेलामा बनाउने हो,” उनले भने ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै संस्कृति, पयर्टन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव गणेश पाण्डेले संस्थागत क्षमता सुधार नगरेसम्म चाहे अनुसार काम नसकिने बताए । “हामीले राम्रोसँग काम गर्ने हो भने सबैभन्दा पहिला संस्थागत सुधार आवश्यक छ । मन्त्रालयका संस्थाहरू आउटडेटेड भएका छन्,” उनले भने, “यसमा कानुन सुधार, नीतिगत सुधार आवश्यक छ । संस्थागत कानुन व्यवस्थापन गर्नुपर्छ ।”

भैरहवामा विमानस्थलमा उडानमा समस्या भएका कारण अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान रोकेको मन्त्री बद्री पाण्डेले जवाफ दिए ।  सांसदहरूको प्रश्नमा जवाफ दिँदै उनले मन्त्रालयबीच समन्वय नभएका कारण पनि विमानस्थल सञ्चालनमा समस्या परेको बताए । 

अन्तरमन्त्रालय समन्वय नभएकै कारण भैरहवाबाट अन्तर्राष्ट्रिय विमानले यात्रु नपाएको संकेत गरे । 

“अन्तर मन्त्रालय समन्वय कसरी अगाडि बढाउने ? एउटा मन्त्रालय उठाएको विषय अरू मन्त्रालयले कसरी प्रभावकारी रूपमा गर्ने ?,” पाण्डेले भने, “स्वस्थ परीक्षणका लागि काठमाडौँ आएका श्रमिक किन त्यहाँ जान्छन् ?”
पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालन गर्ने विषयमा समीक्षा गरिरहेको जानकारी पाण्डेले दिए । केही निकायहरू त्यहाँ गएपछि विमानस्थल नियमित सञ्चालन हुने उनको भनाइ छ  ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro