site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रक लिएर मानिसमाथि दौडिएको घटना र विस्फोटबारे बाइडेनले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यु अर्लिन्समा ट्रक लिएर मानिसमाथि दौडिएको व्यक्ति आईएसबाट प्रभावित भएको बताएका छन् । 

न्यु अर्लिन्सको बोर्बोन स्ट्रिटमा ट्रकले मानिसलाई किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । 

राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलनमा अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले अभियुक्तले आक्रमण गर्नुअघि सामाजिक सञ्जालमा भिडियो अपलोड गरेको आफूलाई बताएको उल्लेख गरे । उनले भने, “यसले उनी आईएसबाट प्रभावित थिए र उनको इच्छा मानिसलाई मार्ने थियो भन्ने पुष्टि हुन्छ ।” 

बाइडेनले भने, लस भेगासमा साइबरट्रक विस्फोट र न्यू अर्लिन्सको घटनाको सम्बन्ध नरहेको पनि प्रस्ट पारेका छन् । 

चालकले जानाजानी ट्रक भीडमा लगेको र त्यसपछि गाडीभित्रबाट गोली चलाएको प्रहरीले बताएको छ । त्यसपछि शंकास्पद ट्रक चालकलाई प्रहरीले गोली हानेको थियो ।

न्यु अर्लिन्सको घटनापछि ट्रम्प होटेल बाहिर टेस्ला साइबरट्रकमा विस्फोट भएको थियो । उक्त विस्फोटमा एकजनाको मृत्यु भएको छ । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro