site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल निवर्तमान उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० वरीयाताको ब्याटिङतर्फ ५२औँ स्थानमा उक्लिएका छन् । 

आईसीसी वरीयाताको ठूलो फड्को मारेका दीपेन्द्र यसअघि शीर्ष १०० भित्र पनि पर्न सकेका थिएनन् । ओमानमा सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रको वरीयातामा सुधार आएको हो ।

Dabur Nepal
NIC Asia

दीपेन्द्रले तीन खेलमा एक अर्धशतकसहित १४२ रन बनाएका थिए । चारदेशीय शृंखलमा दीपेन्द्र सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । दीपेन्द्रले ओमानविरुद्धको पहिलो खेलमा अविजित ७३ रन बनाएका थिए । 

आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेल ६५औँ स्थानमा यथावत रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम पहिलो स्थानमा छन् । पाकिस्तानकै मोहम्मद रिजवान दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाका एइडेन मारक्रम तेस्रो स्थानमा छन् ।  

नेपालका कप्तान सन्दीप लामिछाने बलिङतर्फ वरीयाताको ६३औँ स्थानमा छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको बलिङतर्फ दक्षिण अफ्रिकाका तावरेज सम्सी शीर्ष स्थानमा उक्लिएका छन् । अस्ट्रेलियाका जोश हाज्लेउड दोस्रो स्थानमा झरेका छन् । श्रीलंकाका वानिन्डु हसरंगा तेस्रो स्थानमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu