site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘समितिकै लापरबाहीले वाग्मती किनारा अतिक्रमणमा’
SkywellSkywell

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनारामा बनाइएका अनधिकृत संरचना भत्काउनका लागि दिएको सातदिने ‘अल्टिमेटम’ यही माघ २१ गते सकिएको छ ।

‘वाग्मती ब्युटीफिकेसन’अन्तर्गत दोस्रो चरणको काम अगाडि बढाउन किनारा दुवैतर्फ गुह्वेश्वरीदेखि थापाथली पुलसम्म बनेका स्थायी र अस्थायी अनधिकृत संरचना भत्काउन दिइएको म्याद सकिएको समितिले जनाएको छ । समितिले अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

अल्टिमेटमबमोजिम नभत्काए समिति आफैँले भत्काउने भनिएको थियो । तर, समितिले अहिलेसम्म कुनै कदम चालेको छैन । समितिका सूचना अधिकारी कमल अर्यालले संरचना भत्काउने प्रक्रिया अघि बढाइसकेको दाबी गरे ।

KFC Island Ad
NIC Asia

वाग्मतीको संरक्षण र सौन्दर्य झल्काउने काम गर्दै आएको समितिको दाबी छ । ‘‘समितिले सार्वजनिक रूपमा भत्काउने अल्टिमेटम दिएपछि उहाँहरू आफैँले भत्काउँदै जाने बताउनुभएको छ । सोही सहमतिअनुसार अब अनधिकृत रूपमा दुवैतर्फ बनाइएका संरचनाहरू भत्काइँदै जानेछौँ,” उनले भने ।

उनले थपे, ‘‘अनधिकृत रूपमा संरचना बनाउने मानिस समितिमा आउँदै हामी आफैँ भत्काउँछौँ भनिरहेका छन् । त्यसैले उनीहरूलाई समय दिएर भत्काउने प्रक्रिया अघि बढाइएकोे छ ।”

Royal Enfield Island Ad

वाग्मती किनारामा बनाइएका अनधिकृत संरचनाहरू भत्काउन समितिले पटक–पटक ताकेता गर्दै आएको छ ।

०७३ सालमै अघि बढाइएको ब्युटीफिकेसनको काम मुआब्जा विवादका कारण लामो समय रोकियो । समितिले बनाएका संरचनाहरू स्थानीयले भत्काएका थिए ।

ठेकेदार कम्पनीमाथि पनि स्थानीय खनिएपछि लामो समय काम गर्न मानेन । त्यसयता समितिले वाग्मतीप्रति बेवास्ता गर्‍यो । सोही समयमा वाग्मती किनारा अतिक्रमणमा समेत पर्‍यो ।

समितिको लामो समयको लापरबाहीले नै वाग्मती किनारा अतिक्रमण भएको स्थानीयले बताउँदै आएका छन् । काठमाडौं महानगरपालिका–६, नयाँबस्तीका स्थानीय तथा वाग्मती सफाइ अभियन्ता भगवान पुडासैनी समितिको कमजोरीले किनारा अतिक्रमणमा परेको बताउँछन् ।

‘‘किनारामा प्रतीक्षालय, किरियापुत्री भवन, मन्दिरलगायत विभिन्न संरचनाहरू बनाएर किनारा अतिक्रमणमा परेको हो । मुआब्जा विवादपछि समितिले गरेको लापरबाहीको परिणाम हो यो,” भगवानले भने ।

वाग्मतीको सौन्दर्य बढाउन यसअघि समितिले गोकर्णेश्वरदेखि गुह्वेश्वरीसम्म बनाइएका करिब ५० भन्दा बढी अनधिकृत संरचना भत्काएको थियो ।

गाईबाच्छा संरक्षण अभियन्ता तथा वाग्मती सफाइ अभियन्ता उत्तम पुडासैनी पनि समितिको मौनताले वाग्गती किनारामा अनधिकृत संरचनाहरू बनेको बताउँछन् । संरचनाहरू बनाइँदै गर्दा भत्काउनुपर्ने भनेर आफूहरू जाँदा समितिले बेवास्ता गरेको उनको भनाइ छ ।

‘‘वाग्मती सुन्दरता र संरक्षणको लागि समिति हुँदाहुँदै लामो समय वाग्मतीलाई बेवारिसे अवस्थामा छोडियो । वाग्मती अतिक्रमण हुँदै जाँदा समिति अत्यन्तै मौन रह्यो । त्यसपछि जे बनाए पनि कसैले केही गर्दैन रहेछन् भनी झन्–झन् अतिक्रमण हुँदै गयो । विभिन्न व्यापारिक, धार्मिक संरचनाहरू बने,” पुडासैनीले भने ।

उनले थपे, ‘‘पछिल्लो समय वाग्मती सौन्दर्यका नाममा केही योजनाहरू बनेका छन् । यी योजनाहरूअन्तर्गत किनारामा पार्क बनाउने भनिएको छ । पार्क बनाउने नाममा पनि व्यवसायीहरूले व्यापारिक प्रयोजनको रूपमा प्रयोग गर्दै आएका छन् ।” स्थानीय नै वाग्मतीको अतिक्रमण गर्न अघि बढ्दा समस्या थपिएको पुडासैनी बताउँछन् ।

वाग्मती ब्युटीफिकेसनअन्तर्गत पहिलो चरणमा स्थानीयले आफ्नो जग्गा मिचिएको भन्दै मुआब्जा मागेपछि समस्या सिर्जना भएको थियो । गोकर्णेश्वरदेखि गुह्वेश्वरीसम्म वाग्मती ब्युटीफिकेसनका लागि ०७३ मंसिर १ गते कालिका रमन लामा संयुक्त उपक्रम जेभी र समितिबीच करिब दुई अर्ब रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

सम्झौताबमोजिम निर्माण कम्पनीले ०७५ साल माघ १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । खोलाका दुवैतर्फ पर्खाल, सोलार बत्ती जडान, गोकर्णमा किरियापुत्री भवन, दुई शौचालय, ११ वटा बाँध, फुटपाथमा ढुंगा बिछ्याउने, दुबो हाल्ने, साइकल ट्रयाक बनाउनेलगायत योजना थियो । मुआब्जा विवादका कारण समितिले समयमै काम सकाउन सकेन ।

तत्काल सुकुमबासी बस्ती नभत्काइने 
समितिले सुकुमबासी बस्तीहरू तत्काल नभत्काइने जनाएको छ । सुकुमबासी बस्तीलाई तत्काल केही नगर्ने र बस्ती व्यवस्थापनको उपाय खोजिने उनले जानकारी दिए ।

‘‘थापाथली क्षेत्रमा १४५ घरधुरीको सुकुमबासी बस्ती छ । उक्त सुकुमबासी बस्ती व्यवस्थापन कमिटी बन्दै छ । कमिटीमा सम्बन्धित वडाका प्रतिनिधि, विभिन्न आयोगका प्रतिनिधिहरू रहनेछन् । उक्त समितिले कसरी बस्ती व्यवस्थापन गर्ने भन्ने कुरा टुंग्याउनेछ,” अर्यालले भने ।

योजनाबमोजिम गुह्वेश्वरीदेखि थापाथलीसम्मको काम पनि अब छिट्टै अगाडि बढाइने समितिले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro