site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेनपावर व्यवसायी र बिचौलिया : ठगी धन्दादेखि कुटपिटसम्म
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा मेनपावर व्यवसायी र बिचौलियाहरूले ठगी धन्दादेखि कुटपिटसम्मको काम गरेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रहरी टोली सक्रिय देखिँदा मेनपावरको यस्तो काम बाहिरिएको हो ।

भिजिट भिसामा दुबई पुगेका मोरङको गछियाका फणिन्द्रमणि घिमिरे, सोही ठाउँका प्रेम चौधरी, मोरङकै बेलबारीका ज्ञानेन्द्र चौधरी र सोही ठाउँका गजानन्द चौधरी अलपत्र परेका थिए ।

दुबई पुर्‍याउने आर्यन नामले चिनिने रामकृष्ण मानन्धरले रोजगारीको प्रलोभन देखाएर दुबई पुर्‍याएर अलपत्र पारेका थिए । अलपत्र परेपछि उनीहरू ऋण सापट गरेर नेपाल फर्किएका थिए । रामकृष्णलाई १२ लाख रुपैयाँ बुझाएर उनीहरू दुबई पुगेका थिए । सो रकम असुल गर्न उनीहरूले हारगुहार गरिरहेका छन् । रकम लिने रामकृष्ण आफूहरू नेपाल आएपछि दुबई भाग्न लागेको उनीहरूको भनाइ छ ।

KFC Island Ad
NIC Asia

हाल रामकृष्णले पीडित घिमिरेलाई ह्वाट्सएपमा म्यासेज छोड्ने गरेका छन् । फणिन्द्र भन्छन, ‘‘अनलाइनमा देखिँदैन । आक्कलझुक्कल ह्वाट्सएपमा म्यासेज पठाउँछन् । मैले पनि अरूलाई रुपैयाँ दिएको छु, पाएपछि दिन्छु भन्दै टारिरहेका छन् । लुकीछिपी बसेका छन् ।”

हाल दुबई बस्दै आएका मोरङको मधुमल्लाका राजन कार्कीको ‘सेटिङ’मा उनीहरू दुबई पुगेका थिए । उनीहरूलाई दुबईमा केही महिना बसाएर माल्टामा काम गर्न पठाइदिने आश्वासन दिइएको थियो ।

Royal Enfield Island Ad

यसबारे नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान शाखाले उनीहरूलाई सम्पर्क गरेर जानकारी लिएको थियो । तर, अहिलेसम्म उनीहरूको रकम फिर्ता भएको छैन ।

यता, मंगलबार काठमाडौंको टोखा नगरपालिका–१४ स्थित हरि गुरुङले सञ्चालन गरेको ट्रिपल स्टार मेनपावरमा वैदेशिक रोजगारीको विषयलाई लिएर मेनपावर सञ्चालकहरूले युट्युबर र केही व्यक्तिहरूलाई निर्घात कुटपिट गरे ।

त्यसक्रममा तीनजना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको विषयमा विवाद हुँदा मेनपावर सञ्चालकहरूले युट्युबरमाथि हातपात गरेको एसपी मैनालीले बताए ।

मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेशराज पाण्डे, ४२ वर्षीय हरिप्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका हुन् । उनीहरू तीनैजनाको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।

घटनाबारे प्रहरी वृत्त महाराजगन्जबाट अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

यस्तै, वैदेशिक रोजगारीको पलोभन देखाउँदै विदेश पुर्‍याएर अलपत्र परेका करिब हजारभन्दा बढी नेपालीले श्रम मन्त्रालयमा आफ्ना गुनासाहरू टिपाएका छन् ।

भिजिट भिसामा दुई लाखदेखि १० लाख रुपैयाँसम्म बुझाएर विदेश गई अलपत्र परेका अधिकांश नेपालीहरूले गुनासो टिपाइरहेका छन् ।

कारबाही

मन्त्रालयले सोमबार सिनामंगलस्थित मिनुवा मेनपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याएको थियो । सो मेनपावरले विगतका दिनहरूमा तोकिएको भन्दा बढी रकम असुल्दै आएको बताइएको छ ।

‘‘हामीलाई मेनपावरले बढी रुपैयाँ असुल्दै आएको गोप्य सूचना आएको थियो । सोही सूचनाका आधारमा निगरानी राख्यौँ । सोमबार मेनपावर सञ्चालकलाई नियन्त्रणमा लियौँ,” मन्त्रालयका प्रशासन शाखा अधिकृत विष्णु लामिछानले भने ।

मेनपावर सञ्चालकलाई ठगी गरेको रकम फिर्ता गराउने गरी अनुसन्धान अगाडि बढाइएको लामिछानेले बताए । ‘‘यस्तै किसिमका धेरै गोप्य सूचना आएका छन् । हामीले ठाउँको ठाउँ कारबाही गर्ने उद्देश्यले मार्सल टिम गठन गरेका छौँ,” उनले भने ।

दैनिकजसो मन्त्रालयमा मेनपावर कम्पनीहरू र व्यक्तिहरूले लाखौँ रकम ठगी गरेको र विदेशमा अलपत्र पारेका घटनाहरू बढ्दै गएको अवस्थामा यसलाई रोक्न मन्त्रालय अघि बढेको जनाइएको छ । श्रम मन्त्रालयको पहलमा अहिलेसम्म २८ जनाभन्दा बढी अलपत्र परेका व्यक्तिहरूको उद्धार भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro