site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरको पाटन दरबारस्थित जीर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रममा उनले नेपालको विविधतापूर्ण संस्कृति र प्रकृतिको विश्वमा प्रचार गर्न जरुरी रहेको बताए ।

"हाम्रो विविधतापूर्ण संस्कृति छ । यसलाई जोगाउन हामीले निर्वाह गर्नुपर्ने भूमिका आआफ्नो ठाउँमा हामी निर्वाह गर्दै छौँ । त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ । हिमालदेखि समुन्द्रको सबैभन्दा होचो सतह, जम्मा ६०–७० मिटर सतहमा भएको केचनकवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडीबुटी, जंगल, जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ," उनले भने ।

उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सके विश्वबाट आउने पर्यटकले नेपालको रसस्वादन गर्न सक्ने बताए ।

"विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यसको हामीले ग्लोबल एड्भोकेसी गर्नुपर्नेछ । यसको विश्वव्यापी प्रचार र ब्रान्डिङ गर्नुपर्नेछ । त्यसो हुन सके संसारभरका मानिस यहाँ आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुने र यसको ररस्वादन गर्ने काम गर्न सक्छन्," उनले भने ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro