
काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही समयआगाडि चीनमा सार्वजनिक गरेको छ । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो ।
यद्यपि, टोयोटाको ब्रान्ड रहेको भए पनि bZ3X विशेष गरी GAC Aion V मा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री प्रविधि भने फरक छ ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको लम्बाइ: ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि, ह्वीलबेस २,७६५ मिमि छ । टोयोटाले दाबीअनुसार, bZ3X मा प्रयोग भएका ६५% पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो । चीनमै उत्पादित यो गाडी टोयोटा र GAC को संयुक्त परियोजनामा बनेको हो । यो गाडीको बिक्री सुरु भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्यास समेत भएको जानकारी गराइएको छ।
नेपालको सन्दर्भमा GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ। यसअन्तर्गत Aion Y र Aion V जस्ता विभिन्न इलेक्ट्रिक गाडी उपलब्ध छन् ।
नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले CG मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो । Aion V को विशेषता – लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि, उचाइ १,६६० मिमि, ग्राउन्ड क्लियरेन्स १८५ मिमि, ह्वील साइज १९ इन्चको मल्टि–स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ ।
अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ । लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ ।
प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ । सुरक्षाका हिसाबले यसमा सात एयरब्याग उपलब्ध छन् । Aion V को सुरुआती मूल्य ६४.९९ लाख रुपैयाँदेखि राखिएको छ ।