site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘काठमाडौंबाट कारोबार मिलाउन हिँडे, मोरङकाे उखुबारीमा गाडिए’

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ मा उखुबारीमा दुईजनाको शव फेला परेको छ । प्रहरीले उखुबारीमा उल्खनन् गरेर दुईजनाको शव निकालेको हो ।

दुईजना पुरुषको शवमध्ये एकजनाको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान हुन बाँकी छ । बुधबार दिउँसो उखु काट्न गएका किसानले खाल्डो खनेको र रगतजस्तो पदार्थ देखेपछि प्रहरीलाई खबर गरेका थिए । किसानकै खबरका आधारमा प्रहरी अनुसन्धानमा जुटेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बुधबार राति खाल्डो उत्खनन् गर्दा एकजना पुरुषको शव फेला परेको थियो । सुरुमा शवको पहिचान हुन सकेको थिएन । सोही स्थानमा अर्को खाल्डो समेत थियो । सो खाल्डो प्रहरीले बिहीबार बिहान उत्खनन् गरेको थियो । अर्को खाल्डोमा पनि अर्को शव फेला परेको थियो ।

No description available.

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईका अनुसार एक शवको पहिचान भए पनि अर्को शवको पहिचान हुन सकेको छैन । अनुसन्धानकै क्रममा एक शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको छ । उनी पछिल्लो समय काठमाडौंमा बस्दै आएको खुलेको प्रवक्ता राईले बताए ।

No description available.

उनका अनुसार श्रेष्ठको मोवाइल पछिल्लो एक महिनादेखि अफ थियो ।

शवको साथमा भेटिएको कागजात अनुसन्धान गर्दा श्रेष्ठको सनाखत भएको हो । शव कुहिएको अवस्थामा फेला परेको छ । श्रेष्ठ केही वर्षअघि धरानमा सुनको व्यापार गर्दै आएको र पछिल्लो समय काठमाडौं बस्दै आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी प्रहरी अनुसन्धानमा सक्रिय रहेको बताउँछन् ।

श्रेष्ठ काठमाडौंबाट परिवारका सदस्यलाई कारोबार मिलाउनु छ भन्दै धरान जाने भनेर निस्किएका थिए । केही दिन उनी होटलमा बसेको पनि खुलेको छ ।

अपहरणपछि श्रेष्ठ र अर्का एकजनाको हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ । तर, उनीहरु हराएकोबारे प्रहरीका अन्य निकायमा कुनै सूचना नभएको पाइएको छ ।

दुवै शवको घाँटीमा डोरीले बाँधेको छाप र एक शवको हात बाँधिएको पाइएको छ । दुवै शव गलाउन खाल्डोमा नुन प्रयोग गरिएको पाइएको छ ।

दुवै शव एकै समयमा खाल्डोमा गाडिएजस्तो प्रकृतीको रहेको एसपी जिसीले बताए ।

No description available.

उनले भने, “अनुसन्धानमा सक्रिय भएका छौं । अहिले नै केही भन्न सकिने अवस्था छैन ।”

प्रहरीले पहिचान नभएको अर्को शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार खाल्डोभित्र घुडा टेकाएर राखेको र प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको हो । प्रहरी अधिकारीहरुका अनुसार खाल्डो गहिरो खनिएको छ । सँगै फेला परेको अर्को शव श्रेष्ठकै चिनजानको व्यक्तिको हुनसक्ने प्रहरी आशंका छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro