site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
कोभिड–१९ का ७२ हजार सक्रिय संक्रमित कहाँ छन् ?
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यही माघ ८ गतेको तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

यीमध्ये ७१ हजार २६१ जना होम आइसोलेसनमा र एक हजार ६०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये २१० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा छन् ।

Dabur Nepal
NIC Asia

मन्त्रालयको तथ्यांकानुसर सबैभन्दा धेरै ६४.५३ प्रतिशत सक्रिय संक्रमित काठमाडौं उपत्यकामा छन् । काठमाडौंका तीन जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या ४७ हजार २४ छ । तीमध्ये काठमाडौंका प्रमुख ११ वटा अस्पतालहरुमा ८३२ जना उपचाररत छन् ।

उपत्यका बाहिर हाल सबैभन्दा बढी मोरङमा दुई हजार ९९६ सक्रिय संक्रमित छन् । यस्तै, सुनसरीमा दुई हजार १४०, झापामा एक हजार १५१, कास्कीमा दुई हजार ६३४, चितवनमा एक हजार ५६९, रुपन्देहीमा एक हजार ६८०, मकवानपुरमा एक हजार २५६, काभ्रेमा एक हजार १०१, कैलालीमा एक हजार ३६७ सक्रिय संक्रमित छन् ।

त्यसैगरी, बाँकेमा ७६९, नवलपरासीमा ५२५ र धनुषामा ६५१ सक्रिय संक्रमित छन् ।

संक्रमणको जोखिमका हिसाबले यी १५ जिल्ला ‘रेड जोन’मा रहेका छन् भने बाँकी जिल्लामा सकिय संक्रमितको संख्या ५०० भन्दा कम छ ।

नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या १० लाख १६ हजार ८४५ पुगेको छ । संक्रमणका कारण हालसम्म ११ हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro