site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मास्क नलगाइ हिँडे सय रुपैयाँ जरिवाना 

काठमाडौं । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । 

बुधवार जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराएको हो ।

Dabur Nepal
NIC Asia

त्यस्तै प्रशासनले काठमाडौंका विभिन्न सुपर मार्केटको अनुगमन पनि गरेको छ ।

अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए ।

उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई सय रुपैयाँ जरिवाना गरिएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, “जिल्ला प्रशासन कार्यालयबाट नेपालभर फैलिएको कोभिड १९ को सन्दर्भमा नेपाल सरकारले जारी गरेका निर्देशिका, गृह मन्त्रायले जारी गरेका निर्देशिका बमोजिम विभिन्न मलहरु, अन्य बजार एरियाका पसलहरुमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो । सर्वसाधारणहरुले पनि मास्क लाए/नलाएको अवस्थाबारे अनुगमन गरियो । स्वास्थ्यका मापदण्डका विषयमा पनि सचेत गराइयो । त्यो बाहेक बजार एरियामा, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्ने सम्बन्धमा एक किसिमको कारबाही गरियो, मास्क लगाएर नहिँड्नेलाई ऐन बमोजिम सय रुपैयाँ जरिवाना गराइयो । यस्ता प्रकारका अनुगमनभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro