site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्तरिक हवाई सेवामा एन्टेजिन परीक्षण नगरिने, खोपकार्ड भने अनिवार्य
त्रिभुवन विमानस्थल । (फाइल तस्बिर)

काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रामा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने र त्यो पनि सम्बन्धी एयरलाइन्सकै खर्चमा हुनुपर्ने निर्देशन दिएको थियो । तर, छोटो दुरीको हवाई यात्रामा यो व्यवस्था अव्यवहारिक हुने भन्दै निजी वायु सेवा संचालकहरूले विरोध गरेका थिए ।

बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा संचालकहरूलाई गराएको छ ।

Dabur Nepal
NIC Asia

सोही सहमतिको आधारमा वायुसेवा संचालक संघ नेपालले आफ्ना सदस्यहरूलाई ४ बुँदे सुरक्षा मापदण्ड अवलम्बन गर्न निर्देशिका जारी गरेको छ । संघले जारी गरेको निर्देशिकामा हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक–इन, बोडिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र स्वास्थ्यका मापदण्ड लागू गर्ने रहेको छ ।

यस्तै, हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने छ । खोप कार्ड मोबाइलमा फोटो देखाएपनि हुने जनाइएको छ ।

खोपको एक मात्रा मात्रै लगाएको भएपनि हुने छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने नभनिएकाले एक मात्रा खोप लगाएको भएपनि सार्वजनिक स्थानमा जाँदा त्यो कार्ड अनिवार्य देखाउनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro