site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुष्पाले बंगलादेशमा जितिन् काश्य पदक
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले सोमबार बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन–२०२२ मा काश्य पदक जितेकी छन् ।

दक्षिण एसियाली (साफ) स्पर्धामा पुष्पाले दुई घण्टा ५७ मिनेट ३५ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । गतवर्ष पुष्पा यही स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । गतवर्ष पुष्पाले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । 

यसपटक भारतकी आरती दत्तात्रय पाटिलले दुई घण्टा ५३ मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितिन् । भारतकै ज्योति गवातीले रजत पदक जितिन् । ज्यातिले दुई घण्टा ५४ मिनेट १४ सेकेण्डमा दूरी पार गरेकी थिइन् ।
 
पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटी पाँचौं स्थानमा रहे । किरणसिंहले २ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दूरी पार गरेका थिए । पुरुषतर्फ पनि भारतका बुगथा स्रिनुले स्वर्ण पदक जिते । बुगथाले दुई घण्टा १६ मिनेट २६ सेकेण्डमा दूरी पार गरेका थिए । भारतकै अर्जुन प्रधानले रजत पदक जिते । अर्जुनले दुई घण्टा २० मिनेट ०६ सेकेण्डमा दूरी पार गरेका थिए । काश्य पदक विजेता भारतकै बेलिएप्पा अप्पाचन्डगाडा बोपैहले दुई घण्टा २० मिनेट १४ सेकेण्डमा दूरी पार गरेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu