site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सँगै खाना खाने साथी थिए, लागुऔषध चोरेको झोकमा घाँटी रेटिदिए !
फाइल तस्बिर ।

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा प्रहरी अनुसन्धान जारी छ ।

यही पुस पहिलो साता जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियोे । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव फेला परेको थियो ।

हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो । सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार मनोज र दास एउटै समूहका साथीहरू थिए । उनीहरू सँगैसँगै खाना खाने, घुम्ने र मिल्ने साथी रहेको खुलेको छ । निम्नवर्गीय परिवारका दास र मनोजको समूह लागुऔषध कारोबारी र प्रयोगकर्ता समेत हुन सक्ने प्रहरीको अनुमान छ ।

मनोजले आफूले मारेको भनिएको अडियोमा एक थप्पडको बदला लिन अरुणको हत्या गरिएको आशय व्यक्त गरिएको पाइएको थियो । प्रहरी अधिकारीहरूका अनुसार दासले लागुऔषध चोरेको हुन सक्ने आशंकामा हत्या गरिएको हो ।

प्रहरीले अनुसन्धानका लागि कमल साउदलाई नियन्त्रणमा लिएको छ । उनले मनोजको अडियो मृतककी श्रीमतीलाई पठाएका थिए ।

घटनामा संलग्न मनोजसहितका सबै आरोपी भारतमा लुकेर बसेको प्रहरी दाबी छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशी घटनामा संलग्न सबैको पहिचान भइसकेको बताउँछन् ।

उनले भने, “सबै अभियुक्तको पहिचान भइसकेको छ । घटनामा पाँच÷सातजनाको संलग्नता देखिन्छ । उनीहरू सबै भारतमा रहेको सूचना छ । यसका लागि हामी भारतीय पक्षसँग आवश्यक समन्वयमा छौँ ।”

डीएसपी जोशीले मृतक दास र आरोपीहरू चिनजानकै साथी रहेको खुलेको पनि बताए । प्रारम्भिक अनुसन्धानमा लागुऔषधकै कारण घटना भएको खुलेको डीएसपी जोशीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro