site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन वर्ष पछि ‘कोल्डप्ले’ ब्यान्डले नयाँ गीत रेकर्ड नगराउने

ब्रिटेन । ब्रिटिस रक ब्यान्ड ‘कोल्डप्ले’ ले ब्यान्डको रूपमा गीत रेकर्ड नगर्ने भएका छन् । ब्यान्डका लिड भोकलिस्ट तथा संस्थापक क्रिस मार्टिनले अब कोल्डप्ले ले ब्यान्डको रूपमा २०२५ पछि गीत रेकर्ड नगराउने बताएका हुन् ।

अर्थात अब ब्रिटिस लोकप्रिय ब्यान्ड ‘कोल्डप्ले’ नरहने भएको छ । यद्यपि उनीहरूको सहकार्य भने रहिरहने मार्टिनको कुराले बुझ्न सकिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले रेडियो २ मार्फत यो घोषणा गरेका हुन् । “हाम्रो अन्तिम रेकर्ड सन् २०२५ को अन्तिममा आउनेछ । मलाई लाग्छ त्यसपछि हामी टुर मात्रै गर्छौं । मलाई जहाँसम्म लाग्छ त्यसपछि हामी कोल्याबोरेसनमा काम गर्नेछौँ । तर ‘कोल्डप्ले’ क्याटलग समाप्त हुने छ,” उनले भने ।

हुन त ब्यान्डको नवौै एल्बम ‘म्युजिक अफ द स्पेयर्स’ रिलिज बेला मार्टिनले यो प्रस्ट संकेत दिइसकेका थिए । उनले ब्यान्डको रूपमा १२औँ एल्बम नै अन्तिम हुने र त्यसपछि नयाँ गीत रेकर्ड नगर्ने बताएका थिए । 

तर त्यसपछि सांगीतिक टुरमा भने जाने पनि उनले बताएका छन् । बलिउड हंगामाबाट ।  
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्