site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रे कामी र सुन्तली मल्ल पक्षबीच सहमति : उमेर पुगेपछि राजीखुसी विवाह गर्न सक्ने
चन्द्रे कामी ।

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर नात्ताका १९ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका–४, लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्ल पक्षबीच सहमति भएको छ ।

विवाह गर्न कानुनी रूपमा उमेर नपुगुन्जेलसम्म आ–आफ्नो घरमा बस्ने र उमेर पुगेपछि केटा र केटीले चाहे राजीखुसीमा विवाह गर्न सक्ने गरी सहमति भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले दुवै पक्षको सहमतिमा आ–आफ्नो घरमा बस्ने गरी पठाइएको जानकारी दिए । अहिले उनीहरूको विवाह गर्ने उमेर नपुगेकाले दुवै पक्षको सहमतिमा आ–आफ्नो घर पठाइएको उनले बताए ।

‘‘केटा र केटीका अभिभावकसँग छलफल भयो । उहाँहरूले कानुनी प्रक्रियामा अघि नबढ्ने बताउनुभयो । दुवैजनाको उमेर पुगेको छैन । कानुनबमोजिम पनि विवाह नहुने भयो । त्यसैले उमेर पुग्नेसम्म आ–आफ्नो घरमा बस्ने गरी सहमति भएको छ । यद्यपि, केटा र केटीको मन्जुरी भए उमेर पुगेपछि विवाह गर्न सक्नेछन्,” डीएसपी शर्माले भने ।

चन्द्रेले गएको मंसिर ५ गते सुन्लतीलाई ‘भगाएका’ थिए । त्यसपछि उनीहरू सर्केगाड–२, रिपगाउँमा लुकीछिपी बस्दै आएका थिए ।

पछि युवती पक्षले केही नगर्ने भन्दै उनीहरूलाई घर बोलाइयो । उनीहरू केटाको घरमा आइसकेपछि युवती पक्षका करिब २० जनाको समूहले राति १२ बजे चन्द्रे र सुन्तलीलाई लिएर गएको थियो । चन्द्रेलाई हातपात गरी करिब १०० मिटर पर लगेर छोडिएको थियो ।

चन्द्रेलाई नग्न बनाई निर्घात कुटपिट गरी बेपत्ता पारेको कामी पक्षको आरोप थियो । कामी पक्षको यस्तो आरोप सबै गलत रहेको प्रहरीले जनाएको छ ।

डीएसपी शर्मा भन्छन्, ‘‘केटी पक्षले बेपत्ता पारेको होइन । केटा आफैँ डराएर जंगलतिर भागेको रहेछ ।”

युवतीले आफ्ना बुवालाई लिन बोलाएपछि लिन आएको बयान दिएकी छन् ।

बेपत्ता भनिएका चन्द्रेलाई प्रहरी टोलीले पुस ७ गते खार्पुनाथ गाउँपालिका–५, याङ्चुबजारमा फेला पारेको थियो । चन्द्रेले ०७७ जेठ १४ गतेदेखि आफूहरूको प्रेम सम्बन्ध सुरु भएको र पछि विवाह गर्नका लागि भागेको प्रहरीलाई बताएका थिए ।

प्रहरीका अनुसार चन्द्रेलाई हातपात गरेको र तोडफोड गरेकोमा युवती पक्षले माफी मागेको छ ।

प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार विवाह गर्ने सहमतिमा मंसिर ५ गते राजीखुसीले आफूहरू भागेको युवतीले बयान दिएकी छन् ।

‘‘चन्द्रेको पत्ता नलाग्दा युवतीले टुनामुना लगाएर विवाह भएको बयान दिएकी थिइन् । अहिले चन्द्रेसँग विवाह गर्नकै लागि भागेको स्वीकार गरेकी छन् । यस्तै, केटापक्षको घरमा मध्यरातिमा जान नहुने भन्दै युवती पक्षले माफी मागेको छ,” निरीक्षक भण्डारीले भने ।

चन्द्रे र सुन्तली भागेर लुकीछिपी बस्दै आएको बेलामा सर्केगाड–१ का वडाध्यक्ष गोकुल बुढालाई विवाह दर्ता गरिदिन आग्रह गरेका थिए । वडाध्यक्ष बुढाले उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने जवाफ दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro