site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुमनाको राजीनामा प्रकरण : प्रश्न रविमाथि नै ओइरियो !

काठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाले रास्वपाभित्र हलचल ल्याएको छ ।

रास्वपाका कतिपय नेताले ‘पार्टी अप्ठेरो अवस्थामा रहेका बेलाको स्टन्ट’ भन्ने प्रतिक्रिया दिएका छन् । तर सुमना श्रेष्ठले दिएको राजीनामा एक व्यक्ति एक पदलाई बलियोसँग उठाइएको छ ।

यसले सभापति रवि लामिछानेसहित अन्य नेताहरुलाई समेत अप्ठेरोमा पारेको ती नेताहरूको निष्कर्ष छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपा एक केन्द्रीय सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने, “पार्टीलाई अहिले अप्ठेरो परेको अवस्थामा उहाँले राजनीतिक चरित्र देखाउनुभएन, त्यसमाथि एक व्यक्ति एक पद भनेर रवि लामिछानेमाथि नै प्रहार गर्ने काम भयो ।”

उनले आफ्नो राजीनामापत्रमा भनेकी छन्–एक व्यक्ति एक पद– पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो । संघीय सांसद हुँदा मैले पार्टीको अर्को महत्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ ।”

उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने उल्लेख गरेकी छन् ।

“यसबाहेक शिक्षा सूचना प्रविधि संसदीय समितिको भूमिका त छँदैछ । पार्टीको सहमहामन्त्रीको रुपमा पार्टी संगठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रुपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन ।”

उनले राजीनामा पत्रमा आफू हालसालै देश दौडाहामा रहेका बेला पार्टीप्रतिको आशा नदेखेको बताउँदै भनेकी छन्, “पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारामात्रै अघि बढायौँ । पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरु सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले सो काम सुरु नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ ।”

उनले राजीनामा पत्रमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय आधिकारिक स्रोतबाट नभई अरुबाट थाहा पाउनुपर्ने स्थिति भएकाले पद दिएर पनि कुनै वजन नभएको महसुस गरेको बताएकी छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्