site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थीबाट कुटिएका आरआरका प्राध्यापक भन्छन्– म त आफ्नो जिम्मेवारी पूरा गरिरहेको थिएँ

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)का प्राध्यापक प्रकाश पुडासैनीले बुधबार अनामनगरस्थित प्रहरी कार्यालय पुगेर जाहेरी दिएका छन् । मंगलबार विद्यार्थीले कुटेपछि उनले त्यसविरुद्ध जाहेरी दिएका हुन् ।

चिट चोर्न रोक्न खोज्दा कुबेर जेठाराले स्टीलको जगले उनीमाथि प्रहार गरेका थिए । पुडासैनीमाथि आक्रमण गरेपछि जेठारा हिजोदेखि नै फरार छन् ।

के भएको थियो ?
आरआरमा तीन वर्षदेखि बीएसडब्ल्यूको तेस्रो ब्याचलाई पढाइरहेका पुडासैनी क्याम्पसमा चलिरहेको स्नातक प्रथम वर्षको सोसल वर्क विषयमा पर्यवेक्षकको रूपमा थिए । परीक्षा ३० नम्बरको थियो । उनका अनुसार उनी प्रशासनको नियमानुसार चिट समात्ने र मोबाइल फोन खोस्दै अगाडि राखेर आफ्नो जिम्मेवारी पूरा गर्दै थिए ।

उनी भन्छन्, “म त आफ्नो जिम्मेवारी पूरा गरिरहेको थिएँ, अचानक एकजना भाइ सुईं–सुईं कक्षाकोठामा आउनुभयो । को हो, किन चिट थुतेको ? भन्दै मसँग मुखमुखै लाग्नुभयो ।”

“पछि प्राध्यापक एभी घिमिरे आएर ती भाइ (जेठारा)लाई बाहिर लगेर सम्झाए,” उनले भने ।

परीक्षा सकिएपछि उनी रोल नम्बरानुसार कापी मिलाउँदै थिए । उनका अनुसार जेठारा पुनः कक्षामा आएर अपशब्द बोल्न थाले । त्यसपछि क्याम्पस प्रमुख, शिक्षक, विद्यार्थी संगठनका प्रतिनिधि र जेठारासहित बैठक बस्यो । छलफल चलिरहँदा जेठाराले पानी तिर्खा लागेको बताए ।

“विद्यार्थीले पानी खान्छु भनेपछि दिनुपर्‍यो,” पुडासैनी थप्छन्, “उनी डिस्पेन्सरमा पानी लिन गए । हामी बसिरहेका थियौँ । एक्कासि मलाई साइडबाट आएर टाउकोमा स्टीलको जगले हाने ।”

पुडासैनीको टाउकोमा प्रहार गरिएको स्टीलको जग कुच्चिएको छ । 

टाउकोमा चोट लागेपछि सहकर्मी र विद्यार्थीले प्राध्यापक पुडासैनीलाई नजिकैको मोडेल अस्पताल पुर्‍याए । चिकित्सकले सात टाँका लगाइदिए । त्यहीँ प्रहरीहरू आए र सोधपुछपछि उनलाई निवेदन दिन लगाए ।

टाउकोको अवस्थाबारे चिकित्सकको भनाइ उद्धृत गर्दै उनी भन्छन्, “सात दिनसम्म पर्खनु भनेका छन् । त्यसपछि सीटी स्क्यान गर्नुपर्छ । आन्तरिक रक्तश्राव भएमा या ब्लडकट भएमा टाउकोमा खतरा हुनसक्छ ।”

यता, प्रहरीले उनलाई कार्यालयमा बोलाई जाहेरी दिन लगाएको छ । व्यक्तिगत वा संस्थागत मुद्दा दायर गर्ने भन्ने छलफलपछि उनी व्यक्तिगत हमलाको मुद्दा दायर गर्न प्रहरी कार्यालय पुगेका थिए ।

आक्रमणपछि जेठारा शौचालय जाने भन्दै गएका थिए । त्यसपछि अझै फरार छन् । बझाङ घर भएका जेठारा पत्रकारिता विषय लिएर स्नातक तह दोस्रो वर्षमा आरआरमा अध्ययनरत विद्यार्थी हुन् । जेठारालाई यसअघि नचिनेको प्राध्यापक पुडासैनीको भनाइ छ ।

उनी क्याम्पस जान र पढाउन भने डराएका छैनन् । “यसले मलाई अझ हौसला दिएको छ,” उनी भन्छन्, “सबै विद्यार्थी खराब छैनन् । केही खराब भए भन्दैमा सबैलाई एउटै घानमा हाल्न मिल्दैन ।”

उनी आफूले न्याय पाउनेमा पनि उत्तिकै आशावादी छन् । उनी भन्छन्, “म व्यक्तिमाथिको हमलाको मात्र कुरा होइन, सिस्टम बसाल्ने कुरा हो । यसरी नै छुट दिने हो भने भोलि कस्तो थिति बस्ला सोच्नु जरुरी छ ।”

घटनाप्रति आपत्ति जनाउँदै प्राध्यापक संघले विज्ञप्ति निकालेको छ । जेठारालाई गिरफ्तार नगरेसम्म कक्षा सञ्चालन नहुने भन्दै एक साताको लागि बन्द गरिएको छ । तर, परीक्षा महत्त्वपूर्ण विषय भएकाले त्यसलाई भने निरन्तरता दिइएको क्याम्पस प्रशासनले जनाएको छ ।

यसअघि, त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत प्रेम चलाउनेलाई विद्यार्थीले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro