site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१ अर्ब ३० करोडको विमान ‘कर्णाली’ १४ करोडमा लिलाम !
SkywellSkywell

काठमाडौं । नेपाल एयरलाइन्सको अमेरिकी जेट विमान बोइङ लिलामको अन्तिम चरणमा पुगेको छ । विमान लिलामबारेको फाइल सञ्चालक समितिको बैठकमा पुगेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकमा विमान लिलामको फाइलले प्रवेश पाएको हो । 

“सञ्चालक समितिको हिजोको बैठकमा छलफल भएको छ । यो छलफलले अब बस्ने बैठकमा पनि निरन्तरता पाउँछ,” नेपाल एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले भने । बुधबार  बस्ने बैठकमा पनि विमान लिलामबारे छलफल हुनेछ । 

“बुधबार बस्ने बैठकमा छलफल हुनेछ तर बुधबारको बैठकले नै निर्णय गर्छ या गर्दैन अहिले नै भन्न सकिँदैन । बुधबार निर्णय हुन सकेन भने पनि त्यसपछि बस्ने बैठकले निर्णय गर्ने सम्भावना छ,” प्रवक्ता श्रेष्ठले भने । 

KFC Island Ad
NIC Asia

निगमसँग रहेको बोइङ–७५७–२०० १४ लाख (करिब १४ करोड रुपैयाँ) अमेरिकन डलरमा किन्नका लागि एक अमेरिकन कम्पनीले प्रस्ताव गरेको श्रेष्ठले बताए । 
तीन दशक अगाडि १ अर्ब ३० करोड रुपैयाँमा खरिद गरेको अमेरिकी जेट विमान बोइङलाई लिलामका लागि निगमले सूचना जारी गरेको थियो । 

उक्त विमान कम्तीमा १६ करोड ६२ लाख रूपैयाँमा लिलाम गर्न सकिने एक विदेशी मूल्यांकन परामर्शदाताले अध्ययनपछि सुझाव दिएको थियो । स्वीट्जरल्याण्डको परामर्शदाता कम्पनी फिनटेक एभिएसन सर्भिसले निगमलाई उक्त मूल्यमा विमान लिलाम गर्न सकिने सुझाव दिएको थियो । उक्त मूल्यमा १० प्रतिशत तलमाथि गरेर लिलाम गर्ने निगमसँग अधिकार रहन्छ ।  

Royal Enfield Island Ad

जसअनुसार १० प्रतिशत मूल्य बढाएर बिक्री गर्दा १८ करोड २८ लाख २७ हजार रुपैयाँ र घटाउँदा १४ करोड ९५ लाख रुपैयाँ तोक्न सकिनेछ । तर, जहाज लिलाम प्रक्रियामा राखिएपछि जसले मूल्यांकन दरभन्दा धेरै कबोल गर्छ उसैलाई  दिनुपर्ने हुन्छ ।   

फिनटेकका विज्ञले मंसिर १२ देखि १४ गतेसम्म विमानको इन्जिन, ल्याण्डिङ्ग गियर (पाँग्रा), एभियोनिक्स, उपकरण, एक्जिलरी पावर युनिटलगायत इन्जिनको मूल्यांकन गरेर  अध्ययन प्रतिवेदन मंसिरमा निगमलाई बुझाएको थियो ।

विमानको इन्जिन अझ केही सय घन्टा उडानको लागि योग्य  छ । यो विमान यात्रु ओसार्न भन्दा पनि कार्गो ढुवानीका लागि प्रयोग गर्न सकिन्छ । खरिदकर्ताले नेपालबाट आफ्नो मुलुकसम्म विमान उडाएर लैजान सक्नेछन् । 

निगमले २०४३ ताका खरिद गरेको यो पहिलो बोइङ ७५७ को नेपाली नाम ‘कर्णाली’ हो । यो खरिद गरिएको एक वर्षपछि ०४४ सालताका खरिद गरिएको यही मोडलको अर्को विमान कल साइन नाइनएन एसीबी नेपाली नाम ‘गण्डकी’ हो । यो विमानले भने अहिले पनि उडान भरिरहेको छ । 

१९० यात्रु क्षमताको यो विमान केही वर्षभित्रै लिलाम गर्ने निगमले जनाएको छ । 

सन् १९८३ मा पहिलो उडान भर्ने यो सिरिजको विमान उत्पादन भएको चार वर्षपछि निगमले नेपाल भित्राएको थियो । बोइङ कम्पनीले यो सिरिजको विमान उत्पादन १३ वर्षअघि २००४ अक्टोवर देखि बन्द गरिसकेको छ । 

३० वर्ष भन्दा पुराना विमान राखेर अन्य वायु कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै निगम अहिले नयाँ विमान खरिदमा जुटेको छ । 
\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro