site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी दुर्घटना बढेको बढ्यै, गत आर्थिक वर्षमा १० हजार दुर्घटना
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा देशभर भएको १० हजार १३ सवारी दुर्घटनामा २ हजार ६ जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार अघिल्ला वर्षभन्दा सवारी दुर्घटना झनै बढेको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/०७१ मा देशभर ८ हजार ४ सय ६ सवारीसाधन दुर्घटनामा परेका छन् । ८ हजार ४ सय ६ सवारीसाधन दुर्घटनामा  १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । 
त्यसैगरी ०७१/०७२ मा ९ हजार १ सय ४६ सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा २ हजार ४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै गएको वर्षमा १० हजार १३ सवारी दुर्घटना भएका छन्, जसमा परि २ हजार ६ जनको मृत्यु भएको छ । 
प्रहरीका अनुसार मंगलबार र बुधबार मात्रै देशभर भएको सडक दुर्घटनामा ४५ जना भन्दा बढीको ज्यान गएको छ । 
महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार सवारी दुर्घटना यसरी बढ्नुको प्रमुख कारण चालकको लापरवाही नै हो । अर्यालले सवारी दुर्घटना बढ्नुका ७ कारण यसरी खुलाए । 
१. चालकको लापरवाही– सडकको अवस्था नहेरी आफूखुसी सडकमा सवारी गुडाउने बानी परेका चालकका कारण सडक दुर्घटना हुने गरेका छन् । 
२.लाइसेन्सविना चलाउनु– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना सवारी चलाउनु र साना सवारी चालक अनुमतिपत्रले ठूला तथा मझौला सवारी साधन चलाउनाले पनि सडक दुर्घटना बढेको छ ।
३.यात्रु खचाखच राख्नु– यात्रुले खचाखच भरिएको सवारी साधन चलाउनाले पनि बढी दुर्घटना हुने गरेका छन् ।
४.मापसे गरि सवारी चलाउनु–मदिरा सेवन गरी सवारी चलाउने बानी चालकमा अझै हटेको छैन । मदिराको जोसमा आएर सडकको अवस्था नहेरी सडकमा जवरजस्ती सवारी चलाउने गरेका कारण सडक दुर्घटना बढेका छन् ।
५.सडक र सवारी साधनको अवस्था नहेर्नु– चालकले सडक र सवारी साधनको अवस्था नहेरी सडकमा तीव्र गतिमा सवारी चलाउने गर्छन् । चालकले अस्वस्थ प्रतिष्पर्धा गर्नु पनि अर्को सवारी दुर्घटनाको कारण हो । 
६.यातायात क्षेत्रको सिन्डिकेट– यातायात क्षेत्रमा हुने गरेको सिन्डिकेट अन्त्य नभएसम्म सडक दुर्घटना कम हुँदैन । मागअनुसार सवारी साधन नराख्ने र छतमा पनि यात्रु राखेर चलाउँदा बढी दुर्घटना हुने गरेका छन् ।
७.पुराना सवारी साधन हटाउन नसक्नु– पुराना सवारी साधन, सडकको साइजभन्दा ठूला सवारी साधन चल्नु,जाँचपास प्रक्रिया ठिक नहुनु, सडक इजाजत वितरण प्रणाली ठिक नहुनु पनि प्रमुख कारण हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३२, २०७३  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro