site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कहिले ?
ललितपुरको सडकमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइट ।

काठमाडौं । काठमाडौंका सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ योजनाअन्तर्गतको काममा ढिलासुस्ती भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्मार्ट स्ट्रिट लाइट जडान योजना टेन्डर प्रक्रियामा गइसकेको जनाए पनि काम सुरु भएको छैन ।

गत वर्ष कात्तिकमै उक्त बत्ती राखिसक्नुपर्ने सम्झौता भए पनि दुईथरीका योजनाको ‘कन्सेप्ट’का समयमै काम गर्न नसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार पहिले सोलारबाट स्ट्रिट लाइट जडान गर्ने कन्सेप्ट थियो ।

‘‘प्राधिकरणको सोलार स्ट्रिट कन्सेप्टको काम अघि बढाउन नसकिने भएपछि नगरपालिकासँग सम्झौता गरेर स्मार्ट स्ट्रिट लाइटको काम अघि बढाउने भनेका थियौँ,” उनले भने ।

काठमाडौंको रात्रिकालिन सडक सौन्दर्य तथा सवारी आवागमनको सहजताका लागि काठमाडौं महानगरपालिका र प्राधिकरणबीच सम्झौता भएको थियो । महानगरपालिकाका अनुसार महानगर र प्राधिकरणको बजेटमा प्राधिकरणले स्मार्ट बत्ती जडान गर्नुपर्ने हो ।

महानगरका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले बत्ती जडान गर्न महानगरले गत वर्ष १३ करोड रुपैयाँ छुट्ट्याएको जानकारी दिए । ‘‘प्राधिकरण र महानगरको सम्झौता मुताबिक महानगरले १३ करोड बजेट छुट्ट्याएको थियो । अब यो बजेट प्राधिकरणले काम अगाडि बढाए खर्च हुन्छ । अन्य क्षेत्रमा खर्च भएको छैन,” प्रमुख थापाले भने ।

काठमाडौं र भक्तपुरका सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न निर्माण व्यवसायी छान्ने प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ । ‘‘लगभग काम सुरु गर्ने अवस्थामा पुग्न लागेका छौँ । योजनाको नीति–नियमानुसार काम अगाडि बढाउनुपर्ने भएकाले समय लागेको हो । ढिलो भएको छैन,” प्रवक्ता भट्टराईले भने ।

सम्झौताबमोजिम प्राधिकरणले ०७७ कात्तिकमै सडकमा स्मार्ट स्ट्रिट लाइट राखिसक्नुपर्ने थियो । काठमाडौंका सडकमा करिब पाँच हजार पोलहरू छन् । ती पोलहरूमा राखिएका पुराना बत्तीहरू केही बिग्रिएका छन् भने केही मधुरो बल्छन् । सोही कुरालाई ध्यानमा राख्दै अत्याधुनिक विद्युतीय सडक बत्ती राखिने योजना अघि सारिएको थियो ।

प्राधिकरणले १७ हजार सडक बत्ती जडान गर्ने योजनाअन्तर्गत ललितपुरमा काम सुरु गरेको जनाएको छ । ललितपुरका केही सडकमा स्मार्ट स्ट्रिल लाइट बलिसकेका छन् ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार काठमाडौंका सडकमा अब राख्न लागिएको बत्ती सोलारबाट पनि बाल्न सकिन्छ । ‘‘यी लाइट विद्युत्बाट मात्रै नभई सोलारबाट पनि बाल्न सकिन्छ । यो लाइट रातिमा आफैँ बल्ने र उज्यालोमा आफैँ निभ्छ । काठमाडौं उपत्यकामा यो लाइट जडान गरी प्राधिकरणको लाइन जडान गरी प्रयोग गरिनेछ,” उनले भने ।

लाइट अन अफ गर्ने सर्भर प्राधिकरणसँग जोडिने भएकाले प्राधिकरणबाटै अन अफ गर्न सकिने जनाइएको छ । प्राधिकरणले कम समय र थोरै जनशक्तिको प्रयोगमा लाइट जोड्ने काम भइरहेको जनाएको छ । काठमाडौंं महानगरपालिकाको हकमा निर्माण व्यवसायी छनोटकार्य अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

एकपटक जडान गरेको लाइट करिब १२ वर्षसम्म टिक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उपत्यकामा लाइट जडान गरिसकेपछि अरू विभिन्न सहरहरूमा पनि नगरपालिकाको सहकार्यमा स्मार्ट स्ट्रिल लाइट जडान योजना अगाडि बढाउने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro