![एक क्विन्टल गाँजासहित तीनजना पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi11630236386.jpg)
जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, एकडारा–५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए ।
सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डीआईजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनैजनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ ।
गाँजासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । रासस
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)