नेपाल राष्ट्र बैंक
काठमाडौं । बालाचतुर्दशी पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार रातभर जाग्राम बसे दिवङ्गत भएका पितृका नाममा दीप बालेर बस्नेहरूको भिड लागेको छ ।
मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ ।
रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८ २२:०५
प्रतिक्रिया दिनुहोस्