site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसरी भइरहेको छ भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान ? अझै पक्राउ परेनन् फरार नवीन 

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको तीन साता बित्दा पनि प्रहरीले मुख्य योजनाकार भनिएका नवीन रावललाई पक्राउ गर्न सकेको छैन । उनी फरार छन् ।

प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । थप दुईजनालाई सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।

होटेल संगम चिसापानीका सञ्चालक नवीनको योजनामा खुकुरी प्रहार गरेर भूपेन्द्रको हत्या भएको प्रहरीले जनाउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले हत्या प्रकरणको अनुसन्धान ‘गोइङ एन्ड प्रोसेस’मा रहेको जानकारी दिए । ‘‘अहिले विभिन्न कारणले मुख्य हत्यारा पक्राउ गर्न नसकिएको अवस्था छ । यस्तो अवस्थामा हामीले घटनास्थलका साना–साना कुराहरूलाई पनि अनुसन्धान गरिहरेका छौँ । यही क्रममा पक्राउ गरेका १० जनाहरूको प्रतिक्रिया लिइरहेका छौँ,” विष्टले भने ।

अनुसन्धानमा खटिएको सीआईबीको टोलीले केही मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ ।

‘‘अनुसन्धान जारी छ । हत्यामा प्रयोग भएका मोटरसाइकल, पेस्तोललगायत सामग्री बरामद गरेका छौँ । यसरी नै एकपछि अर्को हत्यामा प्रयोग भएका साधनहरू फेला पर्दै गएका छन्,” विष्टले भने ।

भूपेन्द्र हत्या प्रकरणमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । तीमध्ये केही व्यक्ति निर्दोषसमेत रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

‘‘सामान्य रूपमा गाडी खोजिदिएको, हत्याको बेलामा गाडी भाडामा दिएका व्यक्तिहरू पनि नियन्त्रणमा लिएका छौँ । यस्ता व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनौँ । अहिले नै सबै कुरा भन्दा मुख्य नाइके पक्राउ गर्न असहज हुन्छ । हामीले हत्याको रहस्य लुकाउन खोजेका होइनौँ,” विष्टले भने ।

घटना अनुसन्धानका क्रममा रहेकाले अहिले सबै कुरा खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले  भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ ।

काठमाडौंमा बस्दै आएका भूपेन्द्र अमेरिका जाने अन्तिम तयारीमा थिए । उनी दसैँ मनाउन घर गएका थिए ।

लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठले भूपेन्द्रलाई गएको कात्तिक २३ गते राति ८ बजे घरबाटै ‘साथीलाई समस्या परेको’ भन्दै लिएर गएका थिए । श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

लम्कीचुहाबाट राति श्रेष्ठसँग गएका भूपेन्द्रलाई टीकापुर नगरपालिका–१ मा नवीनको समूहले आक्रमण गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro