site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नब्बु सरकार’को नाममा गुण्डा समूह चलाउथे भूपेन्द्र हत्यामा फरार नवीन

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान जारी छ । हालसम्म १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुपेन्द्र हत्यामा १६ जनाविरुद्ध किटानी जाहेरी छ । टीकापुरमा भाइटीकाको भोलिपल्ट छुरा प्रहार गरि भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नविन भने अहिले फरार छन् ।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरीमा उनीविरुद्ध लुटपाट, आतंक र ज्यान मार्ने उद्योगमा पुराना उजुरी छन् । प्रहरीका अनुसार उनी प्रहरीको खोजीमै रहेका व्यक्ति हुन् ।

एक अधिकारीका अनुसार नवीनले ढुङ्गा गिट्टीका ठेकेदारलाई धम्क्याएर पैसा लिने गरेको, कवाडी संकलन गर्नेह्रुबाट असुली गर्ने गरेको, काठ व्यापारीबाट पनि पैसा लिने गरेको देखिएको छ । यसबाहेक उनले चिसापानी क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकमाथि समेत बेलाबेला हातपात गर्ने गरेको पाइएको छ ।

२८ वर्षका नवीन पछिल्लो ४ वर्षदेखि टीकापुर, लम्की बेस बनाएर गुण्डागर्दी र अपराधका घटनामा संलग्न रहदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी गुण्डा समूहका नाइके नै भएको त्यहाँका प्रहरी अधिकारी बताउँछन् ।

उनको गिरोहमा २० देखि २५ जनासम्म रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार नवीनकै नामबाट ‘नब्बु सरकार’ नामको गुण्डा समूह बनाइएको थियो । 

ती प्रहरी अधिकारीले भने,“नब्बु सरकार भन्ने गिरोह रहेछ । जसका नाइके नवीन रहेको पाइयो । नवीनको समूहका सबैले आफुले सामाजिक सञ्जालमा लेख्ने पोष्टहरुमा समेत ‘नब्बु सरकार’ ह्यासट्याग राख्ने गरेका थिए । अहिले भने सबैले आइडी डिएक्टिभ गरेका छन् ।”

उनीहरु योजनावद्ध रुपमै गुण्डागर्दीमा लागेको पाइएको छ । उनीहरुको गिरोहले काठमाडौंमासमेत गुण्डागर्दीको योजना बनाएको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । 

भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ ।  केही समयअघि नवीनले भुपेन्द्रलाई फुलबारीको एक रिसोर्टमा बोलाएर आफूहरुको समूहमा आउन आग्रह गरेका थिए ।

भुपेन्द्रले आफू अमेरिका जान लागेको भन्दै नवीनको प्रस्ताव अस्वीकार गरेको पाइएको छ । नवीनले भुपेन्द्रलाई आफ्नो समूहबारे भनेको र सोही सूचना चुहिन सक्ने डरले हत्या गर्न योजना बनाएको हुन सक्ने प्रहरी अनुमान छ । हालसम्म पक्राउ पर्नेहरु सबैजसो नवीनकै समुहका हुन् ।

हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सक्रिय छ ।

काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि काठमाडौं फर्किने योजनामा भुपेन्द्र साथी कपिल श्रेष्ठलाई भेट्न जाने बेला उनको हत्या भएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro