site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–पाकिस्तान विभाजनको ७० वर्षमा पनि उस्तै छ पीडा 

काठमाडौं । भारत र पाकिस्तान, स्वतन्त्रताको ७० औँ वार्षिकी मनाउने तयारी भइरहेको छ । पाकिस्तानमा १४ अगस्टमा यौम आजादी मनाइन्छ । भारतमा भने १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ । 

यसै अवसरमा बीबीसीका पूर्व संवाददाता ‘एन्ड्र्यु ह्वाइटहेड’ ले भारत विभाजनको विरासत र यसको असरबारे आफ्नो दृष्टिकोण राखेका छन् । 

हालै, अर्थात् १८ जुनमा भारत र पाकिस्तानका बीच क्रिकेटको एउट ठूलो स्पर्धा भयो । यो आईसीसीको च्याम्पियन्स ट्रफीको फाइनल म्याच थियो । दुवै देशमा क्रिकेटप्रति जबरजस्त लगाव छ । यो म्याचका लागि दुवै देशमा निकै उत्साह थियो । मात्र क्रिकेटप्रतिको लगाव होइन, भारत र पाकिस्तानका बीच निकै कुरा साझा छन् ।

यो म्याच, दक्षिण एसियामा मात्रै नभएर लन्डनमा पनि खेलियो । किनभने भारत र पाकिस्तान एक अर्काकामा खेल्दैनन् । झण्डै दश वर्ष भइसकेको छ, यी देशले आफ्नो घरेलु मैदानमा अन्तिम पटकसँगै खेलेको झण्डै १० वर्ष भइसकेको छ । यो दूरीले पनि देखाउँछ, भारत र पाकिस्तानको सम्बन्ध कति तीतो छ र कति अविश्वासी छ ।

 

साझा विरासत
 

भारत र पाकिस्तानको इतिहास एउटै छ । सांस्कृतिक विरासत साझा छ । तर दुईका बीच यति अविश्वास छ, जसले एकले अर्कालाई प्रतिद्वन्द्वी होइन, शत्रु मान्छन् । 

स्वतन्त्रतापछि ७० वर्षमा भारत र पाकिस्तानबीच तीन पटक युद्ध भइसकेको छ । यद्यपि चारवटा युद्ध भएको पनि भनिन्छ । तर अन्तिम पटक सन् १९९९ मा जब दुई देशका सेना लड्दा युद्धको औपचारिक घोषणा भएको थिएन ।

हिंदुस्तान र पाकिस्तानबीच जारी विवाद, विश्वको सबैभन्दा लामो समयसम्म चलेको र चल्ने सामरिक समस्या भन्न सकिन्छ । यही एकआपसको द्वन्द्वका कारण दुई देशले आणविक हतियार विकसित गरे । अर्थात आज यी दुई देशबीच देखिएको द्वन्द्वलाई क्षेत्रीय द्वन्द्वका रूपमा व्याख्या गरेर नजरअन्दाज गर्न सकिन्न । यो द्वन्द्वले विश्वका अन्य मुलुकका लागि पनि ठूलो खतरा उत्पन्न हुन सक्छ । 

बाँडिए मान्छे
 

भारत र पाकिस्तानले एकै पटक स्वतन्त्रता पाएका थिए । भारत, ब्रिटिश साम्राज्यको सबैभन्दा ठूलो उपनिवेश थियो । १५ अगस्ट १९४७ मा हिंदुस्तानमा अंग्रेजको तानाशाही समाप्त भयो ।

स्वतन्त्रता अघि कयौँ महिनासम्म मुलुकमा विभाजनका विषयमा खिचातानी भयो । अन्तमा विवाद हिंसाउन्मुख भएको देखेर ब्रिटेनले भारतलाई दुई भागमा विभाजन गरेर स्वतन्त्रता दिन सहमत भयो । पाकिस्तानका रूपमा एउटा छुट्टै मुस्लिम देश बन्यो । पाकिस्तान बनाउनुको उद्देश्य मुलसलमानलाई चिन्ताबाट मूक्त गर्नु थियो ।

स्वतन्त्र भारतमा हिन्दुको बहुमतका कारण मुसलमानलाई नोक्सान नहोस् भन्ने थियो ।

भातरको विभाजन भएपछि मुलुकको ठूलो हिस्सा पंजाब र बंगाललाई पनि धार्मिक स्वतन्त्रताको लागि बाँडियो । यो विभाजनको जानकारी स्वतन्त्रताको दुई दिनपछि उजागर गरियो । विभाजनले आफ्नै मुलुकमा लाखौँ व्यक्तिलाई अपरिचित बनाइदियो ।  उनीहरूलाई आफ्नो घरबार छाडेर नयाँ मुलुक जानुपर्यो । अहिलेसम्मकै मितिमा यो मान्छेहरूको ठूलो संख्यामा साटफेर थियो । भारत र पाकिस्तानको विभाजनका कारण जति पनि शरणार्थी बने ती युद्ध र अकालबाहेक कुनै अरु कारणले शरणार्थी बन्नेहरूको संख्या भन्दा ठूलो थियो । 

 

साम्प्रदायिक हिंसा

ठोस रूपमा कसैलाई थाहा छैैन । तर सवा करोड मान्छे भारतबाट पाकिस्तान र पाकिस्तानबाट भारत आए–गए । यस क्रममा भयंकर साम्प्रदायिक हिंसा भड्कियो । हरेक समुदायका व्यक्ति पीडित पनि थिए, र आक्रमणकारी पनि । मुलुकको विभाजनका क्रममा धार्मिक कारणले पाँचदेखि १० लाखका बीच मान्छे मरे । हजारौँ महिलालाई अर्को समुदायका पुरुषले अपहरण गरी बलात्कार र अन्य अपराध गरे ।

हिंसाको सबैभन्दा ठूलो असर पंजाब प्रान्तमा पर्यो । त्यहाँ वर्षौँदेखि सिख, मुसलमान र हिंदू आपसमा मिलेर बस्दै आएका थिए । तिनीहरू एउटै बोली बोल्थे । उनको विरासत साझा थियो । तर मलुकको  विभाजनपछि यी मान्छे एकअर्काको रगतको प्यासी भए । पूर्वी पंजाबमा बस्ने मुसलमान, पश्चिमी पंजाब अर्थात पाकिस्तानतर्फ भागिरहेका थिए । पश्चिमी पंजाबमा बस्ने हिंदू र सिख, पूर्वी पंजाब अर्थात भारततिर आउन बाध्य थिए ।

विभाजनपछि भएको हिंसालाई गृह युद्ध पनि पनि भन्न सकिँदैनथ्यो । किनभने दुवैतर्फ सेनाले मोर्चा सम्हालेको थिएन । यद्यपि यो आफै भड्किने समस्या पनि थिएन । प्रत्येक समुदायले आफ्नाआफ्ना हतियारधारी गिरोह र सेना बनाएका थिए । यिनीहरूको एउटै उद्देश्य थियो, विपरीत धर्मका बढीभन्दा बढी मान्छे मार्नु र चोट पुर्याउनु । 

विभाजनको पीडा

विभाजनको त्यो पीडा आजसम्म पनि निको भएको छैन । त्यस क्रममा भड्किएको हिंसाका लागि कसैका विरुद्ध कुनै कारबाही गरिएन । कसैलाई जिम्मेवार ठानिएन । तीनै सम्प्रदायमा कुनै प्रकारको मेलमिलापको प्रयास गरिएन ।

यो मानवीयताको समयको सबैभन्दा ठूलो त्रासदीमा एक थियो । तर विभाजनका समय जे भयो दुवै देशले मौनता अख्तियार गरे । कसैले पनि पूर्ण सत्यता जान्ने प्रयास गरे न कसैले बताए ।

पछि सिनेमा, थिएटर र साहित्यका माध्यमबाट विभाजनको भयंकर हिंसाको पीडा भरिएको कथा भनियो र सुनाइयो । इतिहासकारले पनि विभाजनपछि यो मामिलाको राजनीतिक तथ्यमाथि मात्र जोड गरे । उनीहरूलाई पनि उपमहाद्वीपको समयको यो कालो र खुनी पन्नाको मानवीय तथ्य पर्गेल्न निकै समय लाग्यो ।

विगत केही वर्षमा इतिहासकारले विभाजनको त्रासदीलाई लिएर कयौँ प्रोजेक्ट सुरु गरेका छन् । तर सायद उनीहरूले ढिला गरे । विभाजनको पीडा झेल्ने अब निकै थोरै मान्छे बाँचिरहेका छन् । उनीहरू पनि आफ्नो जीवनको अन्त्यतिर छन् । 

विभाजनको हिंसाका सिकार भएकाको सम्झनामा कुनै ठूला स्मारक बनेनन् । कुनै भवन खडा भएनन् । विभाजनको कथा भन्ने पहिलो संग्राहलय हालैमा भारतीय पंजाबस्थित अमृतसरमा खुलेको छ ।

विभाजनको विष

विभाजनले यस्तो विष उत्पन्न गर्यो, आज ७० वर्ष पनि भारत–पाकिस्तानको सम्बन्ध त्यही आधारमा उभिएको छ । भारत–पाकिस्तानको मनसायको आधारमा नै दक्षिण एसियाको सामरिक माहोल तयार हुन्छ । 

महिनौँको द्वन्द्वपछि सन् १९४७ मा भारत–पाकिस्तानबीच जुन सिमाना कायम भयो, त्यो एउटा पिंढीसम्म पनि चल्न सकेन । स्वतन्त्रताको २५ वर्षभित्र नै पाकिस्तानलाई अर्को एउटा विभाजनको पीडा भोग्नु पर्यो । जब अंग्रेजले मुलुक विभाजन गरेका थिए तब पाकिस्तानका दुई टुक्रा थिए । पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तानका बीचमा २ हजार किमीको दूरी थियो । सन् १९७१ मा पूर्वी पाकिस्तान, पश्चिमी पाकिस्तानसँग छुट्टिएर बांग्लादेशका रूपमा नयाँ देश बन्यो । बांग्लादेशको स्वतन्त्रताको लडाइमा हिन्दुस्तानले पनि आफ्नो फौजको सहयोग गरेको थियो ।

विभाजनपछि जुन मुद्दा सुल्झन सकेन त्यसमा कश्मिरको कुरो पनि थियो । हिमालयको काखमा अवस्थित रियासत–ए–कश्मीरका अधिकत्तर जनसंख्या मुस्लिम थिए ।

तर कश्मीरका राजा हिन्दू थिए । कश्मीरका राजाले आफ्नो भूभाग भारतमा विलय गर्ने निर्णय गरे । विभाजनको केही महिना भित्र नै नतिजा अर्कै आयो, भारत र पाकिस्तानका सेना कश्मीर मोर्चामा आमुन्नेसामुन्ने भए । आज पनि कश्मीरको विवाद सुल्झन सकेको छैन । 

कश्मीरको विवाद निकै पेचिलो छ । धेरै कश्मीरी स्वतन्त्रता चाहन्छन् । केही पाकिस्तानसँग बस्न चाहन्छन् त केही हिन्दुस्तानलाई नै आफ्नो मुलुक मान्छन् । हिन्द–पाकको दूरीको सबैभन्दा ठूलो कारण कश्मीर नै हो ।

चरमपंथलाई बढावा दिएको आरोप

भारत, पाकिस्तानमाथि उनीहरूले चरमपंथी संगठनलाई सहयोग गरेको आरोप लाग्ने गरेको छ । यी चरमपंथीले भारतमा कयौँ चरमपंथी हमला गरेका छन् । यता भारतले पनि पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोहलाई उकासेको पाकिस्तानले पनि आरोप लाउँदै आएको छ ।

दुवै देशका नेता एकअर्कासँग भेटघाट गर्छन् । कुराकानी गर्छन् । कयौँ पटक सम्बन्धमा जमेको बरफ पनि पग्लियो । दुई देश मिलेर सम्बन्धको नयाँ अध्याय लेख्नेछन् भन्ने आशा गरियो तर कुनै न कुनै यस्तो मामिला अगाडि आउथ्यो, सम्बन्ध पुनः बिग्रन्थ्यो ।

भारत–पाकिस्तानको नराम्रो सम्बन्धको दूरगामी नतिजा हेर्न पाइन्छ । आज भारत, छिमेकमा अवस्थित पाकिस्तानको स्पर्धामा नाइजेरिया, बेल्जियम वा दक्षिण अफ्रिकासँग धेरै कारोबार गर्छ । दक्षिण एसियाली देशको संगठन सार्कमा पनि भारत–पाकिस्तानको द्वन्द्व झेल्नु परिरहेको छ । युरोपियन युनियन वा दक्षिण–पूर्वी एसियाली देशका संगठनका स्पर्धामा सार्क एक क्षेत्रीय सहयोग संगठनका रूपमा निष्प्रभावि छ । यहाँसम्मकी अफ्रिकी युनियनको अवस्था पनि यो भन्दा राम्रो छ । 

सांस्कृतिक सम्बन्ध
बलिउडका चलचित्र र कलाकारका प्रति पाकिस्तानमा पनि सद्भाव देख्न पाइन्छ । यस्तै पाकिस्तानका टीभी सिरियल भारतमा निकै मन पराइन्छन् । तरपनि दुवै देशको सांस्कृतिक सम्बन्ध निकै कमजोर छ । जब दुई देशको द्वन्द्व बढ्छ तब यसको असर सम्बन्धमाथि पर्न जान्छ । कलाको क्षेत्र पनि यसबाट अछुतो छैन ।

सीमापारि के भइरहेको छ, दुई देशका मान्छेलाई प्रायः थाहा हुँदैन । अहिलेको अवस्था दुई देशका अखबारका संवाददाता अर्को देशको राजधानीमा समेत छैनन् ।

भारत र पाकिस्तानका सर्वसाधारणका लागि एकअर्को देशमा जान पनि सजिलो छैन । दुई देशमा यस्ता धेरै मान्छे छन्, जसका आफन्त सीमापारि छन् । यिनीहरूसँग भेटघाटका लागि निकै औपचारिकता पूरा गर्नुपर्ने हुन्छ । दुई देशबीच निकै कम उडान छन् । दिल्ली र इस्लामावादका बीच सिधा उडान पनि छैन । यति थोरै उडान भए पनि सडक बाटोको तुलनामा हवाईमार्गबाट भारत वा पाकिस्तान जान सजिलो छ । भारत र पाकिस्तानका बीच निकै लामो साझा सीमा छ । तर पनि सडकका माध्यमबाट आउन जान चुनौती छ ।

पाकिस्तानमा सेना र यसको गोप्य एजेंसी निकै शक्तिशाली छन् । पाकिस्तानमा लामो समयसम्म सेनाको राजकाज रह्यो । छिमेकमा दुश्मन देश भएका कारण पाकिस्तानमा सेना उपस्थितिलाई महत्व दिइयो । तसर्थ पाकिस्तानमा परिचालन कमजोर छ ।

पाकिस्तानको जनसंख्या झण्डै २० करोड छ । यसमा धेरै मुसलमान छन् । भारतमा १३० करोडको जनसंख्याको सातौँ ठूलो संख्या मुसलमानको छ । भारतमा पनि त्यति नै मुसलमान बस्छन् जति पाकिस्तानमा छन् । प्यु रिसर्च सेन्टरको एउटा अनुमानका अनुसार सन् २०५० सम्म विश्वमा सबैभन्दा बढी मुसलमान भारतमा बसिरहेका हुन्छन् । अहिले सबैभन्दा बढी मुस्लिम भएको देश इन्डोनेसिया हो । तर यो मामिलामा केही समयपछि भारत अघि निस्कने अनुमान छ । 

यति जनसंख्या भए पनि भारतको संसदमा मुसलमानको प्रतिनिधित्व निकै कम छ । समाजका अन्य मोर्चामा पनि पछाडि नै छन् । केहीको भनाइ सुन्ने हो भने, भारतका मुसलमान पाकिस्तानप्रति सहानुभूति राख्छन् । त्यसैले पनि उनीहरूले भेदभाव र पक्षपात झेल्नुपरेको छ । 

भारत र पाकिस्तान, दुवै देशका जनताको सोच राष्ट्रवादी छ । देशभक्तिको भावना दुवै देशका नागरिकसँग शक्तिशाली छ । यसको उदाहरण दुई देशका बीच क्रिकेट हुँदा थाहा पाइन्छ । तर दुवै देश ७० वर्षपछि भएको विभाजनको त्रासदी र तीक्तता बिर्सेर अगाडि बढ्न असफल रहिआएका छन् ।

दुवै देशबीच हालै भएको क्रिकेट स्पर्धामा के भएको थियो ? पाकिस्तानले भारतमाथि अचम्म लाग्दो जित हासिल गरेको थियो । भारतमा केही मान्छेले यो हारलाई निकै सभ्य तवरले स्वीकार गरे । तर सोसल मिडिया र भारतका मुख्यधारका मिडियाले पाकिस्तानसँग हार्नुलाई रिस र पश्चातापद्वारा व्यक्त गरे । आफ्नो पुरानो शत्रुसँग हार्नु यस्तो कठिन हुन्छ जसलाई सहन पनि सजिलो हुँदैन ।
(एन्ड्र्यु ह्वाइटले ‘अ मिशन इन कश्मीर’ नामको पुस्तक लेखेका छन् ।)     


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro