site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ ।

हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८९५ अमेरिकी डलर पुगेकाे छ ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि कात्तिक १२ गते निगमले मूल्य बढाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro