विशेष
काठमाडौं । नेवार समुदायले शुक्रबार म्हः पूजा मनाएका छन् ।
काठमाडौं उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले म्हः पूजा गर्छन् । साँझ परिवारका सबै सदस्य जम्मा भएर म्हः पूजा गरिन्छ ।
म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्हः पूजा गरिन्छ ।
म्हः पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको पाइन्छ ।
थप तस्बिर हेर्नोस्-
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८ २२:४८
प्रतिक्रिया दिनुहोस्