site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा पशु चौपाया : बाच्छी जन्मे गोठमा बाच्छा जन्मे रोडमा !
SkywellSkywell

काठमाडौं । छाडा पशु चौपायाका कारण देशको संघीय राजधानी काठमाडौंको गौशला, पशुपति, एयरपोर्ट, कागेश्वरी, गुहेश्वरी, बौद्ध, जोरपाटी क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सम्बन्धित निकायले चौपाया व्यवस्थापनका लागि प्रभावकारी योजना ल्याउन नसक्दा यसको समस्या बढ्दै गएको हो ।

ट्राफिक प्रहरीले छाडा पशु चौपायाका कारण निकै समस्या हुने गरेको बताउँदै आएका छन् । ‘‘सडकभर चौपाया छन्, यसले गर्दा सवारी आवजावतमा समस्या भएको छ । छाडा चौपायाका कारण धेरै दुर्घटना भएका छन्,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने, ‘‘हामीले दैनिकजसो पशु चौपाया धपाउने गरेका छौँ । तर, समस्या समाधान हुन सकेको छैन । महानगरपालिका लगायत सम्बन्धित निकायले यसमा तत्काल ध्यान दिनुपर्ने हो, तर दिन सकेको छैन ।” 

व्यस्त सडकमा छाडा पशु चौपायाका कारण सबैभन्दा हैरानी सवारी चालकले भाग्नुपर्छ । सडकका छाडा चौपायाका कारण दुर्घटनाको जोखिम हुने उनीहरूको गुनासो छ । ‘‘गाडी हिँड्ने बाटो नै ढाकेर चौपाया हिँडिरहेका हुन्छन् । गाडी रोकेर धपाएपछिमात्रै यात्रा गर्नुपर्ने अवस्था छ । दिनमा केही सहज भएपनि रातिको समयमा बढी दुर्घटनाको खतरा हुने गरेको छ,” सवारी चालक किशोर यादवले भने, ‘‘एरपोर्टको पशुपतिनाथ, गौरीघाट, गुहेश्वरी, कोटेश्वर, कागेश्वरी, बौद्ध, जोरपाटी, गोकर्णेश्वर लगायतका स्थानमा पशु चौपायाको भिड नै लाग्ने गर्छ । यी क्षेत्रमा विहान बेलुका सवारी साधन गुडाउन समस्या पर्छ ।” 

KFC Island Ad
NIC Asia

बाच्छी जन्मे गोठमा बाच्छा जन्मे रोडमा 
काठमाडौंमा गाईपालन गर्दै आएका कृषकले बाच्छी जन्मे गोठमा र बाच्छा जन्मे रोडमा छाड्ने प्रवृत्ति बढ्दै गएको छ । गाईबाच्छा संरक्षणकर्मी उत्तम पुडासैनी छापा चौपाया व्यवस्थानमा सरोकारवाला निकालय चासो नदेखाउँदा समस्या बढ्दै गएको बताउँछन् । 

‘‘छाडा छोडिएका अधिकांश गाईबाच्छाको संरक्षण नहुँदा प्लास्टिक खाएर, कुकरले टोकेर मर्ने गरेका छन्,” उनी भन्छन्, ‘‘विभिन्न किसिमबाट घाइते भएका बाच्छा सडकमा अवरोध गरेर बसिरहेका हुन्छन् । ती बाच्छा उठाएर ल्याएर गोठ बनाएर राख्दा पनि उत्तिकै रूपमा सडकमा चौपाया देखिने गरेका छन् । विभिन्न सरोकारवाला निकायसँग गुहार माग्दा पनि सुनुवाइ हुँदैन । चौपाया व्यवस्थापनमा राज्यको ध्यान जानुपर्छ । अर्कातिर गाई राष्ट्रिय जनावर हो ।”

Royal Enfield Island Ad

गाईबाच्छा संरक्षणकर्मी भगवान पुडासैनी कृषकले दुध नदिने गाई विरामी भएका पशु सडकमा छाड्ने गरेको बताउँछन् । ‘‘अभियान्ताले चौपाया व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अभियानमा सहभागीले उठाएको र जन्मदिन मनाउँन आएका मानिसले दिएको रुपैयाँले चौपयालाई सेवा गर्छाैँ । रातिको समयमा असहाय चौपायालाई कुकुरले लखेटी लखेटी मार्छन् । गाईपालन गरेका कृषकले आफ्नो फाइदाका लागि मात्रै यस्तो गर्दैछन् । पशुलाई छाडा छोड्नुभन्दा सबैलाई पालेर मल बनाएर कृषिमा सदुपयोग गर्न सकिन्छ ।”

वाग्मती सफाई अभियन्ता तथा गाईबाच्छा संरक्षण अभियन्ताहरूले पशुपति, गोठाटारमा करिब ५०० ओटा चौपाया व्यवस्थापन गर्दै आएका छन । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने जमिनको अभावले चौपया व्यवस्थापनमा समस्या भएको बताउँछन् । ‘‘पहिले हामीले काठमाडौंका विभिन्न गौशलामा लगरे चौपाया छाड्ने गरेका थियौँ । तर, अहिले त्यहाँ ठाउँ छैन । नजिकै अन्य ठाउँमा गौशला नहुँदा समस्या भएको छ,” उनले भने, ‘‘गौशला बनाउँन हामीले स्थानीय तहसँग छलफल गरिरहेका छौँ । प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौँ तर जग्गा पाएका छैनौ ।” 

कागेश्वरी मनोहरा नगरपालिकाका ८ का वडाध्यक्ष श्री चापागाईं आफूहरूले पशु चौपाया नछोड्न भनी कृषकलाई सचेत गराइरहेको बताउँछन् । ‘‘यस्तो कार्य गैरकानुनी हो, वडा परिसरमा छाडा छोडिएका चौपायाको छानबिन गर्नका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम गर्दै आएको  छ,” उनले भने, ‘‘घर भ्रमण गरी गाईपालन गरेका कृषकका घर पहिचान गरिरहेको छ । यो समस्या यस वडाबाट मात्र नभई छिमेकी गोकर्णेश्वरका वडामा पनि छ ।  छाडा पशु चौपायाबाट व्यवस्थापन गर्न अन्य वडासँग पनि समन्वय गर्ने योजना बनाएका छौँ ।”

स्थानीय सरकार सञ्चालन ऐनले छाडा पशु चौपाया व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ अन्तर्गत दफा ११ उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारलाई सुम्पेको छ । 

मुलुकी अपराध संहिता ऐन २०७४ मा पशु व्यवसायीहरूलाई सचेत गराउने र यसको उल्लंघन गर्नेलाई पनि कानुनी दायरामा ल्याउने व्यवस्था गरिएको छ । ऐनको परिच्छेद ४ को दफा ११७ मा आफूले पालेका वा आफ्नो नियन्त्रणमा रहेको पशुपंक्षि अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छोड्न नहुने भनिएको छ । यदि कोही कसैले यस्तो कार्य गरेमा मुलुकी अपराध संहिता ऐन बमोजिम ३ महिनासम्म कैद र ५० हजार रुपैँयासम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro