site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनावश्यक टीकाटिप्पणीले न्यायपालिकाको विश्वासमा प्रतिकूल प्रभाव पर्छ : प्रधानन्यायाधीश जबरा
SkywellSkywell

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दसैँ अनावश्यक रूपमा हुने आशङ्का वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन आग्रह गरेका छन् । दसैँको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता पनि जनाएका छन् ।

उनले चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामना गरेका छन् ।

Dabur Nepal
NIC Asia

"चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्दछ । न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात् गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्दछु," उनले शुभकामना सन्देशमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu