site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुगु बस दुर्घटना : घाइते ४ जना डिस्चार्ज, यस्तो छ बाँकी ९ जनाको स्वास्थ्य अवस्था

काठमाडौं । मंगलबार मुगुको छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपनेखोलामा भे–१ ख ३१६७ बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । उनीहरूमध्ये २४ जनाको घटनास्थलमै, चारजनाको अस्पताल लैजाने क्रममा र चार जनाको उपचारका क्रममा मृत्यु भएको भएको हो । 

४६ जना यात्रु सवार बस तीनसय मिटर तल खसेको थियो । जसमा १३ जना घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतकाअनुसार बसको टायर पन्चर हुँदा दुर्घटना भएको प्राविधिक अध्यनले देखाएको छ । ‘‘बसको टायर पञ्चर हुँदा बस दुर्घटना देखिएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेर आएको रहेछ । बस दुर्घटना हुँदा टुक्राटुक्रा भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, स्थानीय निकाय सबै लागेर उद्धार भयो,” उनले भने ।

उनकाअनुसार मृत्यु भएका सबै ३२ जनाको सनाखत भइसकेको छ । घाइते भएकामध्ये १२ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सामान्य घाइते छायानाथ रारा नगरपालिका–३ की ६ वर्षीया भूमिका खड्का भने जिल्ला अस्पाताल मुगुमै उपचार गरेर घर फर्किसकेकी छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालकाअनुसार १३ जना घाइतेमध्ये भूमिकासहित चारजना डिस्चार्ज भइसकेका छन । छायानाथ रारा–१३ की शुजता बम, छायानाथ रारा–११ का हर्षबहादुर साउँद र छायानाथ रारा ७ का १८ वर्षीय शैलेन्द्र डिस्चार्ज भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए । अन्य ९ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बाँकी ९ जनाको स्वास्थ्य अवस्था कस्तो छ ? 
प्रहरी उपरीक्षक श्रेष्ठकाअनुसार उपचाररत ९ जनामध्ये ७ जनाको अवस्था सामान्य रहेको छ । ‘‘अहिले उपचाररत ७ जनाको अवस्था समान्य छ । दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ,” श्रेष्ठले भने ।

प्रहरीकाअनुसार छायानाथ रारा–५ का प्रेम बहादुर रावल, छायानाथ रारा–१ का २१ वर्षीय शुक्रराज मल्ल, छायानाथ रारा–८ का २१ वर्षीया रतनसिंह रावल, छायानाथ राराका–७ का २१ वर्षीय गणेश बहादुर रावल, छायानाथ रारा–१ की ९ वर्षीया सुस्मिता शाही, छायानाथ रारा–८ की २० वर्षीया सम्झना रावल, छायानाथ रारा–११ की ३१ वर्षीया रेखा साउँद, छायानाथ रारा–५ की लक्ष्मीचन्द्रा रावल, छायानाथ रारा–११ की दन्ता बुढाको उपचार भइरहेको छ ।

प्रजिअ महत तत्काका लागि काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका सहरहरूबाट गएका बसहरूलाई बेलुकी ६ बजेपछि चल्न रोक लगाइएको बताए । ‘‘मुगुदेखि सहरमा छुट्ने बसहरू हाम्रो निगरानीमा छँदैछन् । अब सहरबाट आउने बसहरू पनि यो क्षेत्रमा बेलुका ६ बजेपछि चल्न दिइने छैन । सडकको अवस्था राम्रो छैन । यातायात व्यवसायीले पनि बुझिदिनुपर्छ,” प्रजिअ महतले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro