site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा आन्दोलनको असर शिक्षककाे प्रदर्शनमा, महासंघले भन्यो– अपजस लिनुपर्ला भनेर छोट्यायौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण शिक्षकहरूको जारी प्रदर्शन आइतबार प्रभावित भएको छ । 

शिक्षकहरूले सधैँ मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म आन्दोलन गर्दै आएको थियो । आइतबार राप्रपाले पनि आन्दोलन घोषणा गरेपछि बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर, शिक्षक आन्दोलनमा राजनीतिक व्यक्तिहरू मिसिन सक्ने र त्यसबाट आन्दोलन घोषित चरित्रभन्दा बाहिर जाने भएपछि शिक्षक आन्दोलन बिहान ११ बजे आसपास नै रोकिएको थियो ।

“हाम्रो आन्तरिक तयारी पनि थियो । तर, राजनीतिक दलले आन्दोलन घोषणा गरेकाले त्यसको अपजस हामीलाई आउँछ भन्ने कुरामा पनि हामी सचेत भएका हौँ,” शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बाह्रखरीसँग भने, “राजनीतिसँग साइनो जोडिएको हाम्रो आन्दोलन होइन । त्यसैले दुरुपयोगको जोखिमबाट जोगिने गरी कार्यक्रम राखेका हौँ ।” उनले भोलिदेखि आन्दोलनका कार्यक्रम यथावत् रहेको जानकारी दिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro