site stats
बाह्रखरी :: Baahrakhari
देश
राजेन्द्र लिङ्देनहरू हिरासतमै रहन्छन् कि छुट्छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई छाड्ने कि हिरासतमा राख्ने भन्नेबारे प्रहरीले छलफल थालेको छ ।

उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले लिङ्देनसहितका नेतालाई थुनामा राख्ने वा आज साँझसम्म छाड्नेबारे आन्तरिक छलफलमै रहेको बताए ।

‘‘पक्राउ परेका नेताहरू अहिले नै छाड्ने भन्ने कुरा हुँदैन, हामी छलफलमै छौँ,’’ एआईजी तामाङले भने ।

निषेधित क्षेत्र तोड्ने घोषणा गरेर आइतबार राप्रपाले काठमाडौंको बिजुलीबजारदेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिहंदरबारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्