site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पहिले हामी बलिउड जान्थ्यौँ, अहिले हाम्रोमै आयो’

काठमाडौं । पछिल्लो समय छायांकनमा रहेको बलिउड चलचित्र ‘उचाइ’ले नेपाली मिडियामा राम्रो स्पेस पाइरहेको छ । नपाओस् पनि किन, आखिर बलिउडका कुशल फिल्ममेकर सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको ठुलो प्रोजेक्टको छायांकन नेपालमा हुँदैछ ।

चलचित्र छायांकनका लागि भारतका चर्चित अनुहारहरू अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा निर्देशक बडजात्या लगायत करिब २०० जनाको टिम अहिले नेपालमा छ । 

उनीहरू ३ अक्टोबरमा नेपाल आइपुगेका हुन् । यो बलिउड टिमसँग अहिले नेपाली टिम पनि जोडिएको छ । 

नेपाली कलाकारहरूमा अभिनेत्री परमिता आर एल राणा, डम्मर बोहरा, उरुषा जोशी, सरोज लामिछाने, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुतmान, नारायण विश्वकर्मा, आयुषा सुवेदी, स्नेहा अधिकारी सरोज पर्जु, केश नन्दु सिंह (सिद्धार्थ) र आरोन गुरुङ छन् । उनीहरू पनि छायांकनका लागि ६ तारिखमा नै टिमसँग जोडिसकेका छन् । 

चलचित्रका लागि नेपाली कास्ट खोज्ने जिम्मेवारी ‘सिर्जना सुत्र’ले पाएको छ । सम्पदा मल्ल र सुवास प्रधानले स्थापना गरेको सिर्जना सुत्रका प्रधान भन्छन् “हामीले अडिसनमार्फत परमिता लगायत बाँकी थिएटर आर्टिस्टहरूलाई सेलेक्ट गरेका हौँ । जम्मा १५० जना सहभागी भएको प्राइभेट अडिसनमार्फत यी आर्टिस्टहरू छानिएका हुन् ।”

बलिउडको यति ठुलो प्राजेक्ट नेपालमा र नेपाली आर्टिस्टसँग सहकार्य सम्भव हुुनुको श्रेय उनी ‘थ्री ह्विलर्स फिल्मस् प्रालिका पुष्पराज न्यौपानेलाई दिन्छन् । थ्रस् ह्विलर्सका निर्देशक न्यौपाने १५–१६ वर्षदेखि यही आर्टिस्ट प्रोडक्सन हाउसमार्फत भारतका ठुलाठुला निर्माण कम्पनीहरूसँग नजिक भएर काम गरिरहेका छन् । 

नेपाली आर्टिस्टमात्रै नभई कति प्राविधिक टिम पनि यो चलचित्रमा जोडिएका छन् । जम्मा ३०० जनाको टोलीमा सयभन्दा बढी क्रू सदस्य नेपालीहरू रहेको प्रधानले जानकारी दिए । 

“पहिले हाम्रो मान्छे बलिउडमा जान्थे । तर, अहिले बलिउड नै हाम्रोमा आएको छ । यो नेपाली पर्यटन लगायत नेपाली चलचित्र उद्योग र यहाँका मानिसहरूका लागि पनि राम्रो कुरा हो,” प्रधान भन्छन्, “नेपाली कलाकारहरूले यो चलचित्रबाट राम्रो पारिश्रमिक पाएका छन् । कतिको त अकाउन्टमा पैसा पनि जम्मा गरिदिइसकेको छ ।”

‘उचाइ’ टिम ४० दिन नेपालमा बस्नेछन् । लुक्ला, नाम्चे, मनाङ र काठमाडौं लगायत लोकेसनमा छायांकन गर्ने तालिका रहेकोमा काठमाडौंको एयरर्पोट र आज फाप्लेको छायांकन सकेर टिम नाम्चे जाँदैछ ।
 
नेपालीहरूको न्यानो माया अनि आतिथ्यताका लागि बलिउड टिम खुसी भएको पनि सिर्जना सुत्रले जानकारी दियो । 

‘उचाइ’ दुई साथीहरूको एडभेन्चर यात्राको कथा हो । भारतीय मिडियाका अनुसार नेपाल छायांकनका लागि उत्तम र सुरक्षित स्थान भएर नेपाललाई निर्देशक बडजात्याले छानेको बताइएको छ । 

सिर्जना सुत्र प्रतिभा भएका र मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा केही गर्छु भन्नेहरूका लागि अवसर प्रदान गर्ने संस्था हो । अहिलेसम्म यसले ८० जनालाई यो क्षेत्रमा रोजगारीको अवसर प्रदान गरिसकेको छ । 

‘उचाइ’ लगायत बलिउड तथा हलिउडका केही चलचित्रहरू पनि नेपालमा छायांकन भएका छन् तर ती चलचित्र छायांकनका लागि टिम कहिले नेपाल आए र कहिले गए पत्तो थिएन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro